Jilla Ban Notis

बर्दघाट उद्योगबाणिज्य संघद्धारा कोरोना संक्रमित भेटघाट अभियान शुरु ।

0 16

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–५
बर्दघाट उद्योग बाणिज्य संघको टोलीले कोरोना संक्रमित आफ्ना सदस्यहरूलाई भेट्ने घरदैलो अभियान शुरु गरेको छ । संघका पदाधिकारीहरुले आज ईम्युनीटी पावर बढाउनका लागि जुस,च्यवन्प्रास,होमीयोप्याथिक औषधि ,सिटामोल,गुर्जो लहरो लगाएतका सामार्गीहरु सहित कोरोना संक्रमित आफ्ना सदस्यहरूको घरमा पुगेको थियो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल र उहांको परिवारवाट शुरु गरेको भेटघाट अभियानका क्रममा आज बर्दघाट उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष राजु न्यौपाने,संस्थापक सदस्य प्रदिप सुबेदी र बर्दघाट नगरपालिका वडा नं.४ का वडासदस्य एवं संघका साधारण सदस्य बिष्णु भण्डारी लाई उहांहरुकै घरमा पुगेर भेटघाट गरेको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी गराउनु भएको छ ।

भेटघाटका क्रममा उहांहरुको स्वास्थ्य अवस्थाका वारेमा जानकारी लिएको र आवश्यक सहयोगका लागि संघ तयार रहेको बताउदै उहांहरुलाई स्वास्थ्य लाभको कामनागरी सचेत र सजकता अपनाउन आग्रह गरीएको बर्दघाट उद्योग बाणिज्य संघका महासचिव दिनेश न्यौपानेले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.