Jilla Ban Notis

बर्दघाटमा जारी चौथो बर्दघाट कृषि पर्यटन तथा औधोगिक ब्यापार मेला सकियो ।

३ करोड भन्दा बढीको ब्यापार भयो ः अध्यक्ष न्यौपाने

0 96

बर्दघाट,मंसिर–१
बर्दघाटमा जारी चौथो बर्दघाट कृषि पर्यटन तथा औधोगिक ब्यापार मेला सकिएको छ । ११ दिन सम्म जारी मेलाको पूर्व भौतिक तथा पूर्वाधार योजना मन्त्री तथा प्रतिनिधि सभा सदस्य हृदेश त्रिपाठीले समापन गरेका छन् । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका त्रिपाठीले महोतसव संचालन भैरहेको स्थललाई बर्दघाट मण्डपको रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । बर्दघाट नगरपालिका, बर्दघाट उद्योग बाणिज्य संघ लगायतका सरोकारवालाले प्रकृया अगाडि बढाएमा बर्दघाट मण्डपको निर्माणका लागि आफुले जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए । गत कार्तिक २१ गते प्रदेश नम्बर ५ का उद्योग पर्यटन तथा वन वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरेको महोत्सव मंसिर १ गते समापन भएको हो । समापन कार्यक्रममा प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्मा, उद्योग वाणिज्य संघ नवलपरासीका सदस्य गोपाल पाण्डे, संस्थाका संस्थापक अध्यक्ष चन्द्र बहादुर थापा लगायतले मेला सब्य र भब्य रुपमा सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा थप परिस्कृत भई स्थानिय स्तको प्रवद्र्धन हुने गरी मेला महोत्सव लगाउनुपर्ने बताएका थिए । ११ दिन सम्म जारी महोत्सवमा करिव १ लाख दर्शकले मेला अवलोकन गरेको र ३ करोड भन्दा बढीको ब्यापार भएको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताएका छन् । नयाँ ठाउमा महोत्सव संचालन गर्दा केहि कठिनाई भए पनि दर्शकहरुको उत्साहजनक सहभागिताले आफुहरुमा आत्मवल बढेको भन्दै आगामी बर्ष यस ठाउलाई थप ब्यबस्थीत गरी सवैको हितमा रहनेगरी महोत्सव संचालन गर्ने उनले बताएका थिए । आगामी महोत्सवमा स्थानिय कला संस्कृति , स्थानिय उत्पादन तथा स्थानिय ब्यबसायीहरुको प्रवद्र्धन तर्फ अधिकतम ध्यान दिने उनले बताए । समापन कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राजु पाण्डेको स्वागत तथा महासचिव दिनेश न्यौपानेको संचालन रहेको थियो ।

Leave A Reply

Your email address will not be published.