Jilla Ban Notis

बर्दघाटका दुई चेलि एम.डि.आर.टी. मा छनौट ।

0 30

बर्दघाट,पौष–२६
सिटिजन लाईफ इन्स्योरेन्स बर्दघाट शाखामा कार्यरत आरती नेपाल पौडेल र प्रतिमा खत्री एम.डि.आर.टी.मा छनोट भएका छन । विश्वका अभिकर्ताहरुको मान्यता प्राप्त सर्वोच्च अन्तराष्ट्रिय संस्था मिलियन डलर राउनटेवल अन्तर्गत एम।डि।आरटी। हुनसफलभएको भन्दै द्धय पौडेल र खत्रीलाई सिटिजन लाईफ इन्स्योरेन्सले स्वागत तथा सम्मान समेत गरेको सिटिजन लाईफ इन्स्योरेन्स बर्दघाट शाखा प्रमुख मनोज सुवेदीले जानकारी दिनु भएको छ ।
संसार भर मिलियन डलर कमाउने अभिकर्ताहरु संस्थामा सदस्य बन्न पाउने भएपनि त्यसको लागि हरेक बर्ष संस्थाले राखेको मापदण्ड पूरा गर्नु पर्ने हुन्छ । कोभीड को कारण यो बर्षको छानोट प्रक्रियाको लागि आवस्यक सिमा घटाई नेपालको लागि ३० लाख १२ हजार प्रीमियम खायम गरिएको थियो यहि अन्तरगत उनिहरु छ्नोट भएको सुवेदीले जानकारी दिनु भएको छ ।
यसको सम्पुर्ण गणना जनवरी १ देखि डिसेम्बर ३० सम्म रहनेछ भने डिसेम्बर पछि ५ सय ५० डलर तिरेर अभिकर्ता स्वयंले रजिस्ट्रेशन गर्नुपर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.