Jilla Ban Notis

बर्दघाटआईसोलेशनबाट शनिबार २ जना सहित १० जना निको भई घर फर्के

0 37

रामु भुषाल

बर्दघाट,जेष्ठ–८
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वार्ड नंं २ चिसापानीमा संचालीत कोरोना अस्थाई आईसोलेसन अस्पतालमा उपचार गरेर शनिबार २ जना सहित अहिले सम्म १० जना कोरोना संक्रमित विरामीहरु निकोभै घर फर्किएका छन् ।

बर्दघाट नगरक्षेत्रका कोरोना संक्रमित विरामीहरुलाई नगरपालिकाले संचालनमा ल्याएको अस्थाई कोरोना आईसोलेसन अस्पतालमा उपचार गर्नका लागि नगरपालिकाले एचडीयू सेवा सहितको सेवा प्रदान गरीरहेको छ । बर्दघाट–२ चिसापानीमा संचालनमा ल्याएको कोरोना अस्थाई आईसोलेसन अस्पतालमा शनिबार सम्म ३० जना कोरोनाका विरामीहरुले सेवा लिई सकेको चिसापानी अस्पतालकी मेडिकल अफिसर एवं आईसोलेशन की कोरोना फोकल पर्शन डा. शान्ति के.सी ले जानकारी दिनु भएको छ ।

बर्दघाट नगरपालिकाले चिसापानीमा निमार्ण गरेको नयां अस्पताल भवनवाट एचडीयू सेवा सहित २० सैयाको अक्सिजन सहितको सेवा प्रदान गरिरहेको र शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा १२ शैयाको अक्सिजन सहित सेवा दिईरहेको बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मा बस्याल ले जानकारी दिनु भयो ।

बर्दघाट नगपालिकाले अहिले नगरका एम्बुलेन्स मार्फत बुटवल, नारायणगढसम्म निःशुल्क सेवा प्रदान गरिरहेको र कोरोना लक्षण देखिएका हरुलाई परिक्षणका लागी निशुल्क दैनिक यातायातको व्यवस्था गरिरहेको बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले जानकारी दिनु भएको छ । साथै नगरका असपताल र आईसोलेशनहरुमा अक्सिजनको कमी हुन नदिनका लागी विभिन्न संघ संस्था हरुको सहयोगमा अक्सिजन शिलिण्डरहरु भरी सहयोग गरिरहेको र नगर वासीको सहयोगमा आईसोलेशन संचालनमा सहज भएको डा . के.सी ले जानकारी दिनुभयो ।

बर्दघाट नगरपालिकामा शनिबार सम्म संक्रमितको संख्या ८१८ रहेकोमा सक्रिय संक्रमित ३३६ रहेका छन् भने ४५७ जनाले कोरोना जिति सकेका छन् । पश्चिम नवलपरासी जिल्लामा कोरोना संक्रमितको संङ्ख्या ३५५८ रहेकोमा सक्रिय संक्रमित १३७९ जना रहेको र शनिबार मात्रै १३५ सहित अहिले सम्म २०६५ जना संक्रमण मुक्त भएका छन् ।

जिल्लामा शनिबार ३ जनाको मृत्यु सहित हाल सम्म ११४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.