Jilla Ban Notis

बन डढेलो रोकथाम तथा नियन्त्रणका लागी जनचेतना मुलक मोटरसाईकल ¥याली

0 22

कृष्ण ढकाल

बर्दघाट,चैत्र–१२
पश्चिम नवलपरासीमा बन डढेलो रोकथाम तथा नियन्त्रणका लागी जनचेतना मुलक मोटरसाईकल ¥याली भएको छ । सामुदायिक वन उपभोत्ता महासंघ नेपाल पश्चिम नवलपरासीले सुरु गरेको सप्ताहाब्यापी कार्याक्रम अन्तरर्गत ¥याली गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पश्चिम नवलपरासीको आयोजना तथा डिभिजन वन कार्यालय पश्चिम नवलपरासीको आर्थिक सहयोगमा ¥याली आयोजना गरीएको हो ।

¥यालीमा कार्बनको आक्रमण बाट बचौँ, वन डढेलो रोकौ, जैविक विविधता सरक्षण गरौँ, वन डढेलो नियन्त्रण अघि बढौ, वातावरण जोगौ, वन डढेलोको क्षति बुझौ, हाम्रो वन राम्रो वन, वनमा आगो लगाउनु पाप हो जस्ता नाराको प्रयोग गरीएको थियो । जनचेतना मुलक मोटरसाईकल ¥यालीमा जिल्लाका ३० बढी सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो

नवलपरासीको सुस्ता १ वरुवा देखि रुपन्देहिको पुर्व सिमना ज्यामिरे सम्म मोटरसाइकल ¥यालि गरि पुन भुमहिमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा सामुदायिक वन उपभोत्ता महासंघका लुम्बिनी प्रदेश सचिवालय सदस्य लक्ष्मी बर्तौला ,जिल्ला डिभिजन वन कार्यालय का प्रमुख शंकर प्रसाद गुप्ता , सामुदायिक वन उपभोत्ता महासंघ नवलपरासीका अध्यक्ष कमल परियार, उपाध्यक्ष दिलिप चापागाई लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.