Jilla Ban Notis

बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

0 17

अमृता सुनार

सुनवल, माघ २६
नेपाल कम्युनिस्ट पार्टी वडा कमिटी सुनवल द्वारा बधाई तथा  शुभकामना आदानप्रदान कार्यक्रम सुनवल सामुदायिक सिकाइ केन्द्रको सभाहलमा सम्पन्न भएको छ । सुनवल वडा नम्बर १ वडा कमिटिका अध्यक्ष बलराम बस्यालको अध्यक्षता तथा नेकपा जिल्ला कमिटी अध्यक्ष भबिस्वर तिवारी(आजाद) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सुनवल नगरपालिकाका उप प्रमुख दधिराम अर्याल , पार्टी जिल्ला कमिटी सदस्य बिमला अर्याल, थान प्रसाद गैरे , उमानाथ पोखरेल , खडानन्द कोइराला, सरास्वती सुबेदी, खडक बस्नेत, रेशम शर्मा, लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा पार्टी जिल्ला कमिटी नगर कमिटी वडा कमिटी र पार्टीमा आस्था राख्ने कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिती रहेको वडा नम्बर १ का वडा सदस्य मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ । उक्त कार्यक्रममा शुभकामना दिदै जिल्ला अध्यक्ष भबिस्वर तिवारीले पार्टीका सबै तहका कार्यकर्तालाइ एकताबद्द भइ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिदै आगामी दिनमा पार्टीले यस्तै काम गर्दै जानेमा बिस्वास लिएको जनाउनु भएको थियो । पार्टी जिल्ला कमिटी सदस्य बिमला अर्याल, नगर उपप्रमुख दधिराम अर्याल, सरास्वती सुवेदी, खडक बस्नेत, उमानाथ पोखरेल लगाएतले मन्तव्य राख्नु भएको कार्यक्रममा स्वागत मन्तव्य नगर कमिटी सचिबालय सदस्य मुक्ती बहादुर भन्डारीले दिनुभएको कार्यक्रमको संचालन नगर सदस्य हिमलाल पराजुलीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.