Jilla Ban Notis

फागुन १० गते देखि शुरुहुने छैठौं सूर्यनगर गोल्ड कप–२०७७ को तयारी अन्तीम चरणमा

0 20

कृष्ण ढकाल

बर्दघाट,फागुन–७

नव युवा क्लव बर्दघाट –१६ सूर्यनगर,नवलपरासीले आयोजना गर्न लागेको छैठौं सूर्यनगर गोल्ड कप–२०७७ को तयारी अन्तीम चरणमा पुगेको आयोजकले आज पत्रकार सम्मेलनको आयोजनागरी जानकारी गराएको छ ।

यहि फागुन १० गते देखि २२ गते सम्म संचालन हुने उक्त प्रतियोगिताका लागि विभिन्न उप समितिहरु बनाएर कार्य सम्पादनहरु गरीरहेको आयोजक संस्थाका अध्यक्ष भिमकाजी गुरुङ्गले बताउनु भएको छ ।

बर्दघाट नगरपालिकाको संरक्ष्ँकत्वमा हुन गैरहेको छैठौं सूर्यनगर गोल्ड कप–२०७७ मा नेपालका ४ प्रदेशहरुवाट १२ टिमले सहभागिता जनाउने बताएको छ।   स्वदेश तथा विदेशका खेलाडीहरु समेत समावेसी हुने यस छैठौं सूर्यनगर गोल्ड कप–२०७७ को विजेता टिमले ५ लाख नगर,मेडल र ट्रफि पाउनेछ भने उप विजेता टिमले ३ लाख नगर,मेडल र ट्रफि प्राप्त गर्ने आयेजक संस्थाका अध्यक्ष्ँ भिमकाजी गुरुङ्गले बताउनु भएको छ ।

त्यसैगरी प्रतियोगिताको विभिन्न पांच विद्यामा उत्कृष्ट हुने खेलाडीहरुलाई समेत जनही पांच हजारका दरले पुरस्कृत गर्ने बताईएको छ ।

छैठौं सूर्यनगर गोल्ड कप–२०७७ मा रुपन्देही,नवलपरासी,कपिलवस्तु,पाल्पा,चितवन,नेपालगञ्ज,नवलपुर लगाएतका टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।  जिल्ला र प्रदेशमा महिला तथा पुरुषहरुको सि र डि डिभिजनका खेलाडीहरु तयार गर्ने उद्धेश्य समेत आफुहरुले लिएको अध्यक्ष गुरुङ्गले बताउनु भएको थियो ।

करिव २५ लाख खर्च अनुमान गरीएको छैठौं सूर्यनगर गोल्ड कप–२०७७ लाई सम्पन्न गर्नका लागि बर्दघाट नगरपालिकाले प्रर्थम पुरस्कार र थप एक लाखको अन्य खेल सामाग्रीहरु सहयोग गर्ने  पत्रकार सम्मेलनमा नगर प्रमुख धिरज शर्माले बताउनु भएको थियो । त्यसैगरी नगर प्रमुख शर्माले सूर्यनगर गोल्ड कप नगरपालिकाको एउटा पहिचान रहेको भन्दै आगामी दिनमा र्सुनगर रंगशालामा एउटा एकेडेमि संचालन गर्ने सौचमा बर्दघाट नगरपालिका रहेको समेत बताउनु भएको थियो ।

नव युवा क्लव बर्दघाट –१६ सूर्यनगरका अध्यक्ष भिमकाजि गुरुङ्गको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वडाध्यक्ष सुक बहादुर गुरुङ्ग,सल्लाहकार ईन्द्र गुरुङ्ग,खेल संयोजक भरत गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो।

Leave A Reply

Your email address will not be published.