Jilla Ban Notis

प्रेस चौतारी नेपाल नवलपरासीद्धारा शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न ।

0 40

कृष्ण ढकाल
बर्दघाट,बैशाख–५
प्रेस चौतारी नेपाल नवलपरासीले शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रेस चौतारी नेपालका जिल्ला संयोजक मोहन पौडेलको अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न् भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री चौधरीले नवलपरासी जिल्लामा पत्रकारहरु अब प्रसस्त भएकाले जिल्लाका सबैक्ष्ँेत्रवाट सबैले प्राप्त समाचारहरु पाउन सक्ने अवस्था सृजना भएके बताउनु भएको थियो । उहांले अहिले पनि पत्रकारहरुका लागि खासै कुनै नितिगत सहयोग गर्नेखालका कामहरु नभएको भएपनि पत्रकारहरुले समाचार सम्प्रेसण गर्न कुनै कन्जुसाई नगरेको भन्दै धनवाद प्रदान गर्नु भएको थियो । उहांले नवलपरासी जिल्लाको पत्रकारमहासंघका लागि कहि कतैवाट सहयोग गर्ने समेत बताउनु भएको थियो ।

त्यसैगरी लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले नवलपरासी जिल्लाका पत्रकार संगठनहरुले आयोजना गर्ने कुनै पनि कार्यक्रमहरुमा सबै विचार समुहका पत्रकारहरुलाई समावेस गरेर अन्य जिल्लामा भन्दा फरक खालको माहोल सृजना गरेको भन्दै खुशी ब्यक्तगर्नु भएको थियो । उहांले जिल्लामा हुने कुनै पनि पत्रकारहरुका कार्यक्रमहरुमा यसरीनै कार्यगत एकता बनाउदै अघि बढ्न आग्रह समेत गर्नु भएको थियो ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा पश्चिम नवलपरासीले आयोजना गरेको नव बर्ष २०७८ को शुभकामना आदान प्रदान एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखामा निर्वाचित नयां नेतृत्वलाई सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भगवती भण्डारी,भुमि सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष बिमला अर्याल,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा,उघोग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी,प्रेस संगठन नवलपरासीका जिल्ला संयोजक घनश्याम पोख्रेल,रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्य लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

सुनवलमा रहेको बाबा बर्दगोरीया धामको प्राङगणमा शनिबार सम्पन्न उक्त कार्यक्रममा बेनी माधव बस्यालको स्वागत मनतब्य राख्नु भएको थियो भने प्रेस चौतारीका पुर्व जिल्ला संयोजक केशव पराजुलीले कार्यक्रमको उद्धेश्यमाथि प्र्कास पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपालका जिल्ला सह–संयोजक कुश्माकर ढकाल कृष्ण ले गर्नु भएको थियो ।

 

संजय कंडेल प्रेस चौतारीमा प्रवेश


संचारकर्मी संजय कंडेल शनिवार एक कार्यक्रमका विच प्रेस चँैतारी नेपालमा प्रवेश गर्नु भएको छ। यस अघि प्रेस युनियनमा आवद्ध रहनु भएको थियो ।
कंडेल आफुलाई नेकपा एमालेले अघि सारेका योजनाहरु र विचारहरु मन परेको बताउदै आफु अब अध्यक्ष केपि. शर्मा ओलीले नेतृत्व गरेको पार्टीमा सामेल हुने आत्मैदेखि ईच्छा जागेपछि सोही पाटी निकटको प्रेस चँैतारी नेपालमा प्रवेश गरेको धारणा राख्नु भएको थियो ।
कंडेललाई प्रेस चौतारी नेपालको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य बैजनाथ चौधरी,जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी र युवासंघ नेपालका जिल्ला संयोजक युवराज डुम्रेले खादा र अविर लगाएर स्वागतगर्देै प्रेस चौतारी नेपालमा प्रवेश गराउनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.