Jilla Ban Notis

प्रभु बैँकद्धारा विद्यार्थीलाई स्वेटर वितरण ।

0 22

प्रकाश न्यौपाने

बर्दघाट, ९ मँसिर

गरिव तथा विपन्न वर्गका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमका विच प्रभु बैंक बर्दघाट शाखाले स्वेटर वितरण गरेको छ । प्रभु बैँकको सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दघाट नगरपालिका वडा नम्बर १४ कुन्जनपुरमा रहेको सरस्वति माध्यमिक विद्यालयमा अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई स्वेटर वितरण गरिएको बर्दघाट शाखाका शाखा प्रमुख शेषमणी पटेलले जानकारी दिए । प्रभु बैँकले सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समय समयमा सरसफाईको लागि डष्टविन, रक्तदान लगायतका कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अघि बढाउँदै लगिने शाखा प्रमुख पटेलले बताए । विद्यालयमा अध्ययनरत विपन्न वर्गका छात्रछात्रालाई न्यानो कपडा वितरणले सकारात्मक सन्देश दिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज भण्डारीले बताए । बैँकसँग समन्वय गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सँचालन गरिने उनले बताए । कार्यक्रममा विद्यालयका प्रधानध्यापक सोमनाथ अधिकारी, विद्यालय ब्यवस्थापन समितिका सदस्य लक्ष्मी अर्याल, प्रभु बैंकका सम्बन्ध प्रमुख प्रेम पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.