Jilla Ban Notis

प्रदेश नं ५मा हिउँदे अधिवेशन शुरु, प्रदेशको नाम र राजधानीका टुगाें लगाउन सा.सदहरुको माग ।

0 20

बुटवल ,माघ–५
प्रदेश नं ५मा हिउँदे अधिवेशन शुरु भएको छ । आईतवार देखि शुरु भएकोे प्रदेशसभाको पहिलो बैठकमा प्रदेशको नाम र राजधानीका वारेमा टुगाें लगाउन सांसदहरुले माग गरेका छन् । बैठकमा बोल्दै नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीले हिउँदे अधिवेशनबाटै प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउन आग्रह गरेकी थिईन । त्यसैगरी नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले राजधानी र नामकरण टुंगो लगाउन प्रदेश सभामा गठन भएको विषेश समितिले पेश गरेको प्रतिवेदनलाई व्यापक छलफल गरी सोही प्रतिवेदनका आधारमा राजधानी र नामकरणको विषय टुंग्याइनुपर्ने बताउनु भएको छ ।
प्रदेश सभाको अर्को बैठक यही माघ १२ गते बस्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.