Jilla Ban Notis

प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि देबिनगर युवा क्लव बुटवलले हात पार्यो ।

0 35

कष्ण ढकाल
माघ १९
नवलपरासीको तिलकना युवा क्लव सुनवल ६ ले आयोजना गरेको  प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि देबिनगर युवा क्लव बुटवलले हात पारेको छ । जनशक्ति युवा क्लव बडेरा र देबिनगर युवा क्लव बिच भएको आजको फाइनल खेलमा निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि  भएको पेनाल्टिमा जनशक्ति युवा क्लव बडेराको १ पेनाल्टि सुट आउट भएपछि देबिनगर बिजय भएको हो ।
क्लवका अध्यक्ष कृष्र्ण गन्र्धवको अध्यक्षता तथा सुनवल वडा न. ६ का वडाध्यक्ष रामप्रसाद लामाको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा सुनवल वडा नं३ का वडाध्यक्ष कर्ण बहादुर शेन, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य,  स्वं गोम बहादुर थापाका बुवा दिलबहादुर थापा, हेमा लिम्बु लगायत खेल पे्रमीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा बिजेता बनेको देबिनगरले नगद रु ३५ हजार संगै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेतामा चित्त बुझाएको जनशक्तिले नगद रु २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि देबिनगरका जर्सि नं ७ का खेलाडि शंकर राई उत्कृष्ठ खेलाडि घोषित भएका छन् भने जनशक्तिका जर्सि नं १० का खेलाडि ओसियन राना अधिक गोलकर्ता र जनशक्तिकै अनिल चौधरी उत्कृष्ठ गोल किपर घोषित भएका छन् । क्लवका सचिव डोर बहादुर कार्किको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सदस्य सन्जु लोहनी र सल्लाहकार संयोजक बिष्णु रोकाले गर्नुभएको थियो । गत पुष २५ गते देखि तिलकना प्राबिको खेल मैदानमा प्रतियोगिता संचालन भइरहेको थियो । त्यसैगरी फाईनल खेल पूर्व आज नै  अग्रज अनुभवी खेलाडीहरुले आफ्नो मैत्रिपूर्ण खेल प्रर्दशन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.