Jilla Ban Notis

प्रतापपुरमा वडास्तरिय वास समन्वय समिति तथा कार्यदल गठन ।

0 31

प्रतापपुर,माघ–२७
प्रतापपुर गाउँपालिका ९ वटै वडामा खानेपानि, सरसफाई तथा स्वच्छता (वास) समन्वय समिति तथा कार्यदल गठन गरिएको छ । यहि माघ २० देखि २३ गते सम्म लगाएर ९ वटै वडामा जनप्रतिनिधि र सरोकारवालाहरुको भेलाले वडास्तरिय समिति तथा कार्यदल गठन गरेको हो । गठित समितिको अध्यक्ष र कार्यदलको संयोजकमा सम्बन्धित वडाका वडा अध्यक्ष, सदस्य सचिवमा वडा सचिव र सदस्यहरुमा वडा सदस्यहरु , स्वास्थ्य संस्था लगाएतका सरोकारवाला निकाय पदेन सदस्य रहनु भएको छ ।
समिति र कार्यदलले गाउँपालिका स्तरिय वास समन्वय समिति र कार्यदलबाट प्राप्त निर्देशनहरु कार्यान्वयन गर्दै सम्बन्धित वडामा खानेपानि, सरसफाई तथा स्वच्छता (वास) संग सम्बन्धित विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने गाउँपालिकाका वास योजना संयोजक शान्ति बि.क.ले जानकारी दिनु भएको छ । भेलामा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम गाहा, वडा नम्बर ४ का वडाध्यक्ष जयन्त्री प्रसाद बरई, ७ का हरेन्द्र यादव, स्वास्थ्य चौकी सोमनीका प्रमुख राजेश कुमार उपाध्याय, गुठिप्रसौनीका अहेब विद्यानन्द चौधरी, ग्रीन तारा नेपालका कोपिला श्रेष्ठ, इन्द्रेणी सामाजिक विकास मञ्चका कमला फुल्देल लगायतले बोल्नु भयो ।

Leave A Reply

Your email address will not be published.