Jilla Ban Notis

प्यारालाईसिसबाट पीडित गोलमतिलाई आर्थिक तथा खाद्यन्न सहयोग ।

0 24

परासी, ११ असोज

आर्थिक अभावका कारण औषधी उपचार गर्न नसकेर थलिएकी रोहिणी गाउँपालिका ४ छिपागढकी गोलमति थारुलाई महिला नेतृ एवं समाजसेवी रिंगला यादवले आर्थिक तथा खाद्यन्न सहयोग गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीकी जिल्ला सदस्य यादवले आज रुपन्देहीस्थित थारुकै घरमा पुगेर सहयोग हस्तान्तरण गर्नुभएको हो ।

नेतृ यादवले नगद, त्रिपाल, चामल, दाल,तेल, चिनी, फलफूल लगायतका सामग्री पीडित गोलमतिका श्रीमान राजाराम थारु(बाबुराम)लाई हस्तान्तरण गर्नुभयो । नेतृ यादव र युवा उमेश शहानीले गरी रु दश हजार ५५ रुपैँया नगद सहयोग गर्नुभएको हो । मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य भएको र सबैभन्दा ठुलो धर्म पनि समस्यामा परेकालाई सहयोग गर्नु नै रहेकोले आफूले व्यक्तिगत रुपमा उक्त सहयोग गरेको नेतृ यादवले बताउनुभयो ।

आफूले कुनै स्वार्थ र फाईदाको लागि नभई मानवताको लागि सेवा गरेको उहाँले बताउनुभयो । खपडाले छाएको झुपडी कच्ची घरमा पानी पर्दा ओत लाग्न पनि समस्या रहेकोले त्रिपाल समेत वितरण गरिएको हो । घरको पर्खाल उठाउन ईट्टाको लागि पनि पहल गर्ने नेतृ यादवले बताउनुभयो । गोलमति विगत डेढ महिनादेखि प्यारालाईसिसबाट पीडित हुनुहुन्छ ।

शुरुमा भैरहवाका भीम अस्पताल र थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएपनि निको नभएपछि थप उपचारको लागि काठमाठौँ वा भारत लैजान चिकित्सकले सुझाव दिएको तर आर्थिक स्थिति कमजोर रहेकोले घरमै ल्याएर राखेको गोलमतिका श्रीमान राजारामले बताउनुभयो ।

ज्याला मजदुरी गर्दै आउनुभएका थारु परिवारको पीडा र समस्यालाई मध्यनजर गर्दै स्थानीय समाजसेवी एवं नेकपाका नेता सञ्जय गुप्ताले पीडित परिवारको जीविकोपार्जन र उपचारका लागि सहयोग जुटाउन समन्वय गरिरहनुभएको छ । पीडित परिवारलाई विभिन्न व्यक्ति, संघसंस्था तथा निकायबाट सहयोग जुट्न थालेको नेकपा नेता गुप्ताले बताउनुभयो । नेता गुप्तासहित व्यवसायी रबी रौनियार, रेडक्रस लगायतबाट केही सहयोग भएको छ । पीडित परिवारमा श्रीमान श्रीमती मात्रै रहनुभएको छ । एक छोरी रहेकोमा उनको विवाह भईसकेको छ । श्रीमती विरामी भएपछि उनको स्यारसुसारमा लाग्दा आम्दानीको बाटौ नै बन्द भएकोे राजारामको गुनासो छ । https://www.youtube.com/watch?v=yzLIV1woWlA&t=47s

Leave A Reply

Your email address will not be published.