Sarawal Ga pa

पारिवारिक निजीबन संघ, नेपालद्धारा आईसोलेसनलाई वाटर डिस्पेन्सर हस्तान्तरण

0 13

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–३०

पारिवारिक निजी बन संघ, नेपाल लुम्बिनी प्रदेशको आर्थिक सहयोग र पारिवारिक निजी बन संघ, नेपाल नवलपरासीको समन्वयमा आज चिसापानी आईसोलेसनलाई एक थान वाटर डिस्पेन्सर हस्तान्तरण गरीएको छ ।
बर्दघाट नगरपालिकाले संचालन गरेको उक्त कोभिड आईसोलेशनका बिमारीहरूलाई तातोपानी र विरामी कुरुवाहरुलाई चिसो पानी को आवश्यकता महशुस भएकाले सो समस्याको समाधानका लागि पारिवारिक निजी बन संघ, नेपालले एक थान वाटर डिस्पेन्सर हस्तान्त्रण गरीएको संघका लुम्बिनी प्रदेस सदस्य तथा जिल्ला अध्यक्ष होम बहादुर गुरुङ्गले जानकारी गराउनु भएको छ ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याललाई संघले उक्त वाटर डिस्पेन्सर हस्तान्तरण गरेको थियो । सो क्रममा संघका केन्द्रीय सदस्य कमल परियार,डा. शान्ति के.सी. लगाएतको उपस्थिती रहेको थियो ।
आईसोलेसनका लागि हस्तान्तरण गरीएको वाटर डिस्पेन्सरको मुल्य करिव १२ हजार पर्ने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.