Jilla Ban Notis

पर्वत–नवलपरासी सम्पर्क समाजको तदर्थ समिति गठन

0 16

परासी, २४ माघ

पर्वत जिल्लाबाट बसाँईसरी विभिन्न कामको शिलशिलामा पश्चिम नवलपरासीमा बसोबास गर्दै आएका पर्वतेलीहरु संगठीत भएका छन् । यसैक्रममा पर्वत–नवलपरासी सम्पर्क समाज नवलपरासीको तदर्थ समिति गठन भएको छ ।

पर्वत जिल्लाबाट बसाँईसराई गरी पश्चिम नवलपरासीमा बसोबास गर्दै आएका पर्वतेलीहरुको सुनवल–५ वनकट्टीमा आज भएको दोस्रो भेलाले बर्दघाटका टेकबहादुर आरसीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य तदर्थ समिति गठन गरेको हो ।

नवगठित समाजको वरिष्ठ उपाध्यक्षमा हरिप्रसाद तिवारी, उपाध्यक्षमा सुविर पुन, सचिवमा भरत पौडेल क्षेत्री, सहसचिवमा जीवन पौडेल, कोषाध्यक्षमा लक्ष्मी अधिकारी रहनुभएको छ भने सदस्यहरुमा अर्जुन पौडेल, मेघराज अधिकारी, मिलन तिमिल्सिना, लोक प्रसाद बस्याल, मोहन पौडेल, वेनीमाधव बस्याल, गोकर्ण पौडेल, थानेश्वर भुसाल, पार्वती चपाई, दल बहादुर रेग्मी, विजय काफ्ले, अस्मि गौतम, उपेन्द्र भण्डारी, विमला विश्वकर्मा र पदम बहादुर क्षेत्री रहनुभएको नवनिर्वाचित सचिव भरत पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

यसैगरी समाजको संरक्षकमा सुनवल–३ का वडाध्यक्ष कर्णबहादुर सेन र सल्लाहकारमा गोविन्द बहादुर क्षेत्री तथा राजेन्द्रप्रसाद भुसाललाई चयन गरिएको छ । समाजको विधान मस्यौदाका लागि अर्जुन पौडेलको संयोजकत्वमा धर्मागत भुसाल र विकास काफ्ले सदस्य रहेको समिति गठन गरिएको छ ।

राजेन्द्र भुसालको अध्यक्षता तथा सुनवल–३ का वडाध्यक्ष कर्णबहादुर सेनको प्रमुख आतिथ्यमा भएको उक्त भेलामा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागिहरुले पर्वतबाट विभिन्न शिलशिलामा बसाँईसरी पश्चिम नवलपरासीमा बस्दै आएका पर्वतेलीहरुलाई आवद्ध गराउँदै आपसी एकता, सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.