Jilla Ban Notis

परासीमा राहत सामाग्री स्टक गोदामको शिलान्यास ।

0 26
गौरीशंकर जयसवाल
परासी २३ फागुन
पश्चिम नवलपरासीमा बिपत बेलामा बितरण गर्ने राहत सामाग्राी स्टक राख्नको लागि गोदाम भनवको शिलान्यास गरिएको छ ।  परासी रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले नेपाल रेडक्रस सोसाईटी प्रगाडमा एक कार्यक्रमको बिच गोदाम भवनको शिलान्यास गरेका हुन । शिलान्यास गदै नगरप्रमुख गुप्ताले बिपतको बेलाम दाताहरुले दिएका  सामाग्री पूर्व तयारी व्यवस्थापन गर्न गोदाम भवन महत्वपूर्ण रहेको बताए ।  सामाजिक उत्तरदायित्व बढाउनको लागि तर्पता देखाउन जरुरी रहेको बताउदै सामाजीक संघसंस्था निश्क्रिया रहेका र नगरभित्र सबै सामाजिक संघसंस्थाहरुलाई सक्रिया रुपमा बढाउनको लागि रामग्राम नगरपालिकाले स्वास्थ्य शिक्षा सामाजिक क्षेत्र पनि भरपूर्ण बजेट बिनियोन गरेर अघि बढेको  उनको भनाई थियो । नगरप्रमुख गुप्ताले भने नगरपालिकालाई राम्रो नगरको रुपमा बिकासमा चिनाउनको लागि अहिले १८ वटै वडाहरुमा र बजारक्षेत्रमा निरन्तर रुपमा बिकास निमार्णको काम  आगाडी बढेको भन्दै नगरपालिकाले नगरभित्र नगरबासीहरुलाई आवश्यक पर्ने रगत निःशुल्क रुपमा उपलब्ध गराउनको लागि रेडक्रस सोसाईटी शाखासंग सम्झौता गरी दई लाखको रेडक्रस शाखालाई बजेट दिएका छौ”। रामग्राम नगरपालिकाको २० लाखको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भवनको पछाडी तर्फ करिब ७ धुरको क्षेत्रफलमा गोदाम भवन निमाण गन लागिएको शाखा सभापति राजेन्द्र प्रसाद अग्रहरीले जानकारी दिए । उनको अनुसार बिपत बेलामा ंबिदेशी दातु निकाय स्थानिय संघसंस्था र सहयोगी दाताहरुले दिएको राहत सामाग्रीहरुलाई स्टकरुपमा राख्नको लागि गोदमा भित्र दुई कोठा निमार्ण हुने यसको जिम्मा रामग्राम कन्ट्रक्शान सरावलले पाएको बताए । कार्यक्रममा रेडक्रस सोसाईटी शाखा उपसभापति कृष्ण प्रसाद लामिछाने,रामग्राम नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत रुद्रप्रसाद रेग्मी,नगरिक समाजका अध्यक्ष कैलाश ठकुर,उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष नगेन्द्र अग्रहरीले गोदाम भवन नहुदाँ बिपतको बेला दाताहरुबाट सहयोग हुने सामाग्रीहरु राख्न कठिनाई हुने गरेको र रामग्रामले गोदाम भवनको लागि दिएको आर्थिक सहयोग प्रसशनिय रहेको बताए थिए ।

Leave A Reply

Your email address will not be published.