Jilla Ban Notis

पत्रकार प्रकाशद्वारा जन्मोत्सवको अवसरमा श्रम बिधालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण ।

0 20

मुक्ती तिवारी

पुष १२

शनिबार जन्मोत्सव को अवसर पारेर पत्रकार प्रकाश न्यौपानेले श्रम बिधालयका करिब ३२ जना बिद्यार्थीहरुलाई कापी कलम लगायतका शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरि बिद्यार्थीहरु बिच खुसी साटेका छ्न। प्रतापपुर गाउपालिका वडा नम्बर १-भिट्ठामा रहेको श्रम बिधालयका बिद्यार्थीहरुलाई सामाग्री बितरण गरिएको थियो। नेपाल प्रेस युनियन नवलपरासीका जिल्ला सचिब रहेका न्यौपानेले अति बिपन्न श्रमिक मजदुरहरुका छोराछोरीहरुलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गर्दै सबै बिधार्थिको उज्वल भविस्यको कामना समेत गरे। आफ्नो सानो प्रयासले पनि अरुलाई ठूलो खुसी मिल्ने हुदा फजुल खर्च को सदुपयोग गरि सबैले सामाजिक सेवा को भाव राख्नु पर्ने धारणा व्यक्त गरे।जापान ईन्टरनेस्नल लेवर एसियोसेसन र जापान टिचर्स युनियन को सहयोगमा सन्चालित सो बिधालयमा ४० जना बिद्यार्थीहरुले अध्ययन गर्दै आईरहेको बिधालयकि शिक्षिका मिना चौधरी र बिमला चौधरी ले बताए। कापी,कलम, फुटबल, डायरी लगायतका सामाग्रीहरु प्राप्त गरेपछी बिद्यार्थीहरु निकै हर्शित देखिएका थिए। शैक्षिक समाग्री बितरणकार्यक्रममा प्रेस युनियनका कार्य समिती सदस्य मुक्ति तिवारी, डिक बहादुर पाण्डे र विद्यालयका शिक्षिकाहरु सहित विद्यार्थी बिशखा तिवारीको समेत उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.