Jilla Ban Notis

पत्रकारितालाई जीवन र पेशा ठानेर काम गर्न सकेमात्र पत्रकारितामा सफलता हुन्छ ः नगरप्रमुख बस्याल

0 39

गौरीशंकर जयसवाल
परासी ,४ चैत
पश्चिम नवलपरासीमा आजदेखि दुईदिने पत्रकार क्षमता अभिवृद्धि तथा पत्रकारिता विकासमा स्थानीय तहको भूमिका विषयक कार्यक्रम शुरु भएको छ । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजना तथा बर्दघाट नगरपालिकाको सहयोगमा पत्रकार क्षमता अभिवृद्धि तथा पत्रकारिता विकासमा स्थानीय तहको भूमिका विषयक दुईदिने कार्यक्रम शुरु भएको हो ।
कार्यक्रमको उद्वाघाटन गदै नगर प्रमुख धीरज शर्मा ले पत्रकारितालाई जीवन र पेशा ठानेर काम गर्न सकेमात्र पत्रकारितामा सफलता प्राप्त हुनेमा जोड दिएका थिए । उनले पत्रकारले सामाचार लेख्दा गहिराईमा गएर सामाचार सम्प्रेषण गर्न अग्रह गदै राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गर्न आग्रह गरेका थिए। नगरप्रमुख बस्यालले राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर पत्रकारिता गर्न जरूरी रहेको भन्दै सबै पत्रकारहरुलाई आग्रह गरेका थिए । त्यसैगरी नगरले गरेका राम्राकाम को प्रचारप्रसार र नगरले चालेको बिकास निर्माणका कामको प्रचारप्रसार गरिदिन पत्रकारहरूलाई अग्रह समेत गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख माया पौडेलले स्थानीय तहले गरेका राम्रो कामको प्रशंसा गर्न र बाटो बिराएको खण्डमा झक्झकाउने काम सबै पत्रकारले गर्न अनुरोध गरेकी थिईन । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार महासंघका पूर्व सभापति टिकाराम गैरे ,प्रेस चौतारि नेपालका जिल्ला संयोजक मोहन पौडेल महासंघका सल्लाहकार जाहन्बि जोशि,दौतरी रेडियोका प्रबन्धक निर्देशक नारायण भण्डारी लगायतले आ अफानो धारण राखेको थिए । नेपाल पत्रकाार महासघका सचिव राजकुमार रेशमीको संचालन र उपाध्यक्ष नारायण सुवेदीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्ले, वडा नं. २ कि वडाध्यक्ष दया दर्लामी लगाएतले आ–आफ्नो भनाईहरु राखेका थिए ।

तस्विर ः माधब प्रसाद घिमिरे

उद्घाटन पश्चात सहभागि जिल्लाका पत्रकारहरुलाई बर्दघाट नगरपालिकाले गरेको बिकास निर्माण र योजनाहरूको बारे मा बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्ले जानकारी गराएका थिए । भोली दोश्रो सेक्सनमा अदालति रिपोर्टिङको बारे जिल्ला न्यायाधिसले सहजिकरण गर्नुहुने भएको छ ।

Leave A Reply

Your email address will not be published.