Jilla Ban Notis

न्यू सृजना आमा समुहद्धारा सडक मानवको उद्धार

0 119

कृष्ण ढकाल
बर्दघाट,मंसीर–९
बर्दघाट –६ बिद्युत–वेताहानीमा रहेको न्यू सृजना आमा समुहले सडक मानवको उद्धार गरेको छ । आफ्न्तहरु कोहि नभएका करिव ६० बर्षीय बन्दी मुसहरलाई त्रिवेणीसडक छेउको प्रतिक्षालयको वासबाट उद्धारगरी मानव आश्रममा लगेर राखेको छ ।
विगत लामोसमय देखि बर्दघाट–६ बेताहानी गाउँमा ज्याला मज्दुरी गरी आश्रय माग्दै पालिदै आएका मुसहरलाई करिव २ महिना अधि मोटर साईकलले ठक्करदिएर घाईते बनेपछि उनको सडकको वास भएको न्यू सृजना आमा समुहकी रजनी वस्नेतले जानकारी दिनु भएको छ ।
दुर्घटनामा परि घईतेभएपछि मजदुरी काम गर्न नसकेको र उपचार गरीदिने मान्छे समेत नपाएर सडक छेउको प्रतिक्षालयमा वासगर्दे मागेरखाने गर्दै आएको देखिपछि आफ्नो नेतृत्वमा सृजना आमा समुहले ति घाईते असाहय मुसहरलाई सडकवास मुक्त गराउन पहलगरी बर्दघाट नगरपालिकाको सहयोगमा अपाङ्ग जीवन विकास संस्था गैडाकोट लगेर संस्थाको जिम्मा लगाएको वस्नेतले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.