Jilla Ban Notis

न्यू लाइफ माध्यमिक विद्यालय बर्दघाटको रजत महोत्सव सम्पन्न ,

बालबालिकालाई रुचि अनुसार पढाउने भन्दा पनि सिकाउने गरी अगाडि बढ्नुपर्ने . बानिया

0 31

प्रकाश न्यौपाने
बर्दघाट ,पौष २४
न्यू लाइफ माध्यमिक विद्यालयले आफ्नो रजत महोत्सवको साता व्यापि कार्यक्रम आज विविध कार्यक्रमहरु गर्दै समापान गरीएको छ । पौष १८ गते देखी शिक्षक भलिबल प्रतियोगीता, वृक्षरोपण, स्वास्थ्य परीक्षण, दिन दुखीलाई कपडा वितरण, खुल्ला दौड, जिल्ला स्तरीय कविता बाचन, शिक्षक–शिक्षिका तथा कर्मचारी सम्मान र सास्कृतिक कार्यक्रम गर्दै आज रजत महोत्सवको समापन गरीएको छ ।  समापन कार्यक्रममा प्रमुख अतिथि प्याव्सनका केन्द्रिय बरीष्ठ उपाध्यक्ष राजेन्द्र बानिया न्यू लाईफले यस क्षेत्रमा गुणस्तरिय शिक्षा दिएको र देश भरमै उत्कृष्ट स्कुलहरुको सुचीमा पर्न सफल भएको बताउनुभएको थियो । बालबालिकालाई शैद्धान्तीक शिक्षा मात्र नभएर उनीहरुको रुचि अनुसार पढाउने भन्दा पनि सिकाउने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । अभिभावकहरुले पनि बालबालिकालाई पढेन भनेर गाली गर्ने नभई उनीहरुको रुची पहिचान गरेर घरमा सोहि अनुसारको बाताबरण गराउन सके बालबालिकाले सफलता हासिल गर्ने बानियाको भनाई थियो । बानियाले छोरी छोरीहरु नै लाईफ ईन्स्योरेन्स भएको भन्दै उनीहरुको पढाईमा खर्च गर्न अभिभावकहरुले हिचकिचाउन नहुने उल्लेख गर्नुभएको थियो । अभिभावकहरुले विद्यार्थीहरुलाई विजुलिको स्वीज जस्तो नबनाउन आग्रह गर्दै उहाले अहीलेका विद्यार्थी जुन सुकै क्षेत्रमा लागे पनि कर्म निष्ठ भएर लाग्नु पर्ने बताउनु भयो । अहीलेको शैक्षिक गुणस्तर अतिरीक्त क्रियाकलाप, विद्यार्थीहरुमा रहेको सिर्जनसिलताको विकास, र अन्तर निहीत क्षमताको विकासमा भेटिने बताउदै उहाले अभिभावकलाई अंकमा मात्र विद्यार्थीको मापन नर्गन आग्रह गर्नु भयो । विद्यार्थीले आफ्नो सक्रियामा धेरै विषयबस्तुको ज्ञान हासील गर्न सक्ने बताउदै बानियाले शिक्षण सिकाइमा विद्यार्थी केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । रजत जयन्तीको अवसर पारेर विद्यालयका संस्थापक, पूर्व शिक्षक , पूर्व विद्यार्थी, लगायत विभिन्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । संचार माध्यमको तर्फबाट विद्यालयका हरेक गतिविधिलाई आम जनमानसमा पु¥याउनका लागि सहयोग गु¥याएको भन्दै सवल नेपाल मिडिया प्रा.लि, दौतरी एफ एम र दौतरी, त्रिवेणी टेलिभिनज, रेडियो सुनवल, रेडियो दाउन्ने, गाउले अनलाईन लगाएतका मिडियाहरुलाई सम्मान गरिएको थियो ।विद्यालयका प्रध्यानाध्यापक सन्तोष अधिकारी, प्लस टु कोडिनेटर मोहन शरण पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर अधिकारी, विद्यालयका संस्थापक सदस्य थम अधिकारी लयागतको उस्पथिती रहेको कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक सदस्य डिल बहादुर अधिकारीले गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक दिनानाथ पौडेलले गनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक प्रस्तुतिका झलकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी,शिक्षक÷शिक्षिकाहरु, अभिभावक गरी करिव सात सय जनाको उपस्थिति रहेको शिक्षिक सोनि क्षेत्रीले जनकारी दिनु भयो

Leave A Reply

Your email address will not be published.