Sarawal sit lahar Notis

नेपाल बुद्धिजीवी परिषद् नवलपरासीको अध्यक्षमा सागरमणी पाण्डे

0 35

कृष्ण ढकाल
बर्दघाट,फागुन–८
नेपाल बुद्धिजीवी परिषद् नवलपरासीको  शनिवार भएको आठौंअधिवेशनवाट सागरमणी पाण्डेको अध्यक्षतामा १९ सदस्य नयां कमिटी चयन भएको छ । जस्को उपाध्यक्षतमा बाबुराम खड्का रहनु भएको छ भने सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा टंकप्रसाद सुवेदी रहनु भएको छ ।
त्यसैगरी परिषद्को सहसचिवमा नवराज भण्डारी र सदस्यहरूमा डोलराज डुम्रे ,जगदिश मालि,डिल्लीराम सुवेदी,मित्रलाल लामिछाने ,शेषकान्त पौडेल,पूर्णप्रसाद तिमिल्सिना ,भूपनारायण चौधरी,ऋषि केशव उपाध्याय,आत्मराम ढकाल,हेमराज गुरूङ,लक्ष्मी अर्याल,शंकर गौतम ,केशव अर्याल र दिपक ढकाल रहनु भएको छ ।

परराष्ट्र विज्ञ तथा नेकपा एमालेका पराराष्ट्र मामिला विभाग प्रमुख डाक्टर राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको जिल्ला अधिवेशनमा पाटिका केन्द्रिय पोलिट ब्युरो सदस्य बैजनाथ चौधरी,केन्द्रिय सदस्य तथा जिल्ला ईचार्ज सरीता खनाल,जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी लाएतका नेताहरुको समेत उपस्थिती रहेको थियो ।

यता
नेकपा एमाले बर्दघाट नगर कमिटीको तेस्रो बैठक शनिवार सम्पन्न भएको छ । नगरकमिटिका अध्यक्ष रविन्द्र विक्रम हमालको अध्यक्षतामा भएको नगर कमिटिको बैठकले  १६ वटै वडालाई समेटेर नगर कमिटिको सचिवालय गठन गरेको बताईएको छ । त्यसैगरी सोही बैठकले नगरमा पार्टीका कार्यक्रमहरु गर्नका लागि नगरकै पार्टी नेतृत्वहरुवाट आर्थिक संकलन हुनेखालको नयां योजना अघि सारेको र सो योजना बैठकले सर्वसम्वत रुपमा पास गरेको बताईएको छ ।
उता
नेकपा एमाले सुनव नगर कमिटीको बैठक पनि शनिवार नै सम्पन्न भएको छ ।

Leave A Reply

Your email address will not be published.