Jilla Ban Notis

नेता पाठकद्वारा चैत महिनाको घरभाडा मिनाहा

0 24
मुक्ती तिवारी
बर्दघाट,चैत २२
         बिस्वभरी फैलिरहेको  कोरोना संक्रमणको न्यूनीकरणका लागि देश लकडाउन छ।उधोग कलकारखाना,व्यापार ब्यवसाय लगायत सबै ठप्प नै रहेको छ। भाडा तिरेर ब्यसाय सन्चालन गर्दै आईरहेकाहरुका लागि पश्चिम् नवलपरासीमा पनि घरभाडा मिनाहा गर्नेहरुको क्रम बढ्दो छ। बर्दघाट नगरलालिका वडा नम्बर ७ निवासी स्थानिय समाजसेवि बिस्वप्रेम पाठकले एक महिनाको घरभाडा बापत को रकम मिनाह गर्ने घोषणा गर्नु भएको छ।  उहाले बर्दघाट बसपार्कमा रहेको आफ्नो घरमा विभिन्न ब्यवसाय संचालन गर्दै आईरहेका ब्यवसायीहरुलाई चैत्र महिनाको करिब ५० हजार बराबरको भाडा रकम मिनाह गर्ने घोषणा गर्नु भएको हो।
देश नै संकटको घडिमा रहेका बेला सबैको सा(सानो   प्रयासले पनि अरुका लागि ठूलो राहत मिल्ने बताउदै नेता पाठकले सामाजिक उत्तरदायीत्व बहनमा सबै नागरिक जिम्मेवार रहनु पर्ने  धारणा ब्यक्त गर्नु भयो।
शैक्षिक क्षेत्रमा पनि उल्लेखनीय योगदान पुर्याएका पाठक विभिन्न सामाजिक सेवामा समेत उनको भुमिका सक्रिय रुपमा देखिन्छ। हाल सरकारले समेत घरबेटीहरुलाई घरभाडा मिनाहा गर्न अनुरोध गरेको अवस्थामा बर्दघाटमा पनि घरबाहाल मिनाहा गर्ने मनकारी घरधनिहरुको संख्या बड्दो छ। नगरलालिकाको प्रकोप उद्दार कोषमा समेत थुप्रै सहयोगी दाताहरु बाट रकम संकलन हुनेक्रम जारी छ। दैनिक ज्यालादारी गरि खाने अति बिपन्नहरुका लागि बर्दघाट नगरपालिकाले प्र्त्येक वडाहरुमा पहिलो चरणको राहात बितरण कार्यक्रम जारी राखेको छ।

Leave A Reply

Your email address will not be published.