Jilla Ban Notis

नेकपा सुनवलले औद्योगिक मेला सफल पार्न व्यापक कार्यकर्ता उत्तार्ने

0 15

मोहन पौडेल

परासी, २७ कात्तिक

आगामी मंसिरमा पश्चिम नवलपरासीको परासी र सुनवलमा सञ्चालन हुने औद्योगिक व्यापार मेलालाई सफल बनाउन पार्टी कार्यकर्ताहरुको व्यापक सहभागिता गराउने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनवल नगर कमिटीले निर्णय गरेको छ । नगर कमिटीको मंगलबार सुनवल–५ वनकट्टीमा सम्पन्न विस्तारीत बैठकले दुवै मेलालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न सघाउने निर्णय गरेको हो । नवलपरासी उद्योग वाणिज्य सघको आयोजनामा मंसिर ३ देखि १५ गतेसम्म परासीमा नवलपरासी औद्योगिक व्यापार मेला सञ्चालन हुँदै छ । मेलाको मंसिर ३ गते पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ भने नेपाल सरकारका अर्थमन्त्री यूवराज खतिवडा, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका अन्य मन्त्रीहरु, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतको पनि सहभागिता रहने बताईएको छ । यस्तै मंसिर ५ देखि १५ गतेसम्म सुनवल उद्योग वाणिज्य संघको आयोजनामा प्रादेशिक औद्योगिक व्यापार मेला सुनवलको सोमनाथमा सञ्चालन हुँदैछ । उक्त मेलाको पार्टीका स्थायी कमिटी सदस्य एवं नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्री योगेश भट्टराईले मंसिर ५ गते उद्घाटन गर्ने कार्यक्रम छ । दुवै मेलामा व्यापक जनसहभागिताको लागि पहल गर्ने र वडा वडामा पनि पार्टी कमिटीको बैठक बसी यसबारे निर्णय लिन निर्देशन दिएको नेकपा सुनवलका अध्यक्ष ओम पुनले बताउनुभयो । यसैगरी मंसिर ३ गते परासीस्थित परासी क्याम्पसमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा हुने कार्यकर्ता भेलामा पनि कार्यकर्ताको उल्लेख्य सहभागिता गराउने निर्णय गरेको छ । पार्टीका नगर अध्यक्ष पुनको अध्यक्षता तथा सचिव विरबहादुर विकको सहजीकरणमा भएको उक्त बैठकमा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी, प्रदेश सदस्य सुर्य न्यौपाने, जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नं. २ का संयोजक थानप्रसाद गैरे, जिल्ला कार्यालय सदस्य एवं सुनवल नगर ईन्चार्ज विमला अर्याल, कार्यालय सदस्य अडिग विक, जिल्ला सचिवालय सदस्य एवं सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल लगायतको पनि सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.