Jilla Ban Notis

नेकपा पार्टी बिभाजन भए सबिधान नै ध्वाज हुने ः मन्त्री त्रिपाठी

0 48

गौरीशंकर जयसवाल
परासी१० मंसिर
सघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदेश त्रिपाठीले नेकपा पार्टी बिभाजन भए सबिधान नै ध्वाज हुने बताएका छन । गृह जिल्लमा आउनु भएका त्रिपाठीले स्वतन्त्र राजनितीक समूह नवलपरासीले परासीमा आयोजना गरेको पत्रकार सम्मलेनमा यस्तो बताएका हुन । त्रिपाठीले नेकपा कथासचीत बिभाजन भए भने राजनितीक प्रणाली र संबिधान नै खतरामा पर्ने बताए । नेकपाभित्रको अहिलेको बिबाद बैचारिक बहस नभएको बताए ।

उनले देशलाई बैचारिक बहस देशलाई राजनितीक बहस तर्फ लाग्ने जरुरी रहेको बताए । उनले एक फरक प्रसंगमा भने स्वतन्त्र राजनितीक समूह आगमी दिनमा दलको रुपमा अगाडी बढने र उक्त देशको तेसा्रे पाटीको रुपमा आउने ठोकुवा गरे । त्यसको तयारीको लागि बिधान दस्ताबेज लगायतको लेख्न कार्य भैरहेको त्रिपाठीले बताए ।

सबिधान निमार्ण गर्दा भोगौलिक पुनसरचना सफल भएको राज्य पुनसंरचना तर्फ ध्यान नदिदां प्रशासनीक कार्य गर्न समस्या भएको स्वीकार गरेका छन ।

उनले भने अहिले प्रशासनिक बनावट नै त्रृटी पुर्ण रहेको भन्दै कर्मचारीहरुको आवश्यकता भन्दा ७० प्रतिशत बढी रहेको तरप्रबिधीक कर्मचारीहरुको संख्या न्यून रहेकोे बताए ।

दक्षकर्मचारी र प्राबिधीक जनशािक्तको अभावले बिकास खर्च गर्न नसक्दा राज्य पुरसंरचनाको जनताले पूर्ण रुपमा अनुभूती गर्न नसकेको मन्त्री त्रिपाठीले बताउदै अहिलेको कर्मचारीको बनावटले कुनै सरकार सफल नहुने दाबी गरे । पार्टी समर्थक कर्मचारी तन्त्रले बिकास निमार्णमा गतिलिन नसकेको उनले बताए । मन्त्री त्रिपाठीले २६ हजार ७ सय ७३ जना कर्मचारी समायोजन र ४९ हजार मात्र कर्मचारीहरु सघमा समयोजन भएको बताउदै २५ हजार कर्मचारीले सघ संचालन गर्न सकिने बांकीलाई प्रदेश रस्थनिय तहमा संयोजन गर्न सकिए भने बिकासले गतिलिन सक्ने बताए । पत्रकार सम्मेलन भने स्वतन्त्र राजनितीक समूह नवलपरासीका अध्यक्ष राधेरामण पाण्डेले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.