Jilla Ban Notis

नेकपा (क्रान्तिकारी माओवादी)द्धारा स्थानीय तहमा भष्ट्रचार मौलाएको आरोप ।

0 55

बर्दघाट,असोज–२४
मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला संगठन समिति पश्चिम नवलपरासीले स्थानीय तहमा भष्ट्रचार भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सो पार्टीका जिल्ला सेक्रेटरी चोलाले शनिवार जारी गरेको बिज्ञप्तिमा कोभिड महामारीको चपेटामा जनता परेका मौका छोपेर स्थानीय तहमा भष्ट्रचार मौलाएको उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा भनिएको छ – साथै क्यानेडेयाली सरकारले अनुदानमा दिएको हरियो मटर (केराउ) तस्करी गरी सिमापार गर्ने र त्यसको बहानामा मिलिमतो तथा भष्ट्रचार गरिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
त्यस्तै क्रान्तिकारी माओवादीले चिनीयाँ ठेकेदार कम्पनीले बाटो बनाउनका लागि बर्दघाट एस मोडमा चुरे पहाड कटान गरेको प्रति ध्यानाकर्षण भएको र यसबारे बर्दघाट नगरपालिका र पारिजात सामुदायिक वन मौन रहनु रहस्यमय भएको बताएको छ ।
नेपाल सरकार र चिनीयां ठेकेदार कम्पनीसंगको सम्झौता विपरित बर्दघाट नगरपालिका अन्तरगत पारिजात सामुदायिक वन उपभोक्ता समुहको कार्यक्षेत्र एसमोड चुरेक्षेत्रको पहाड कटान गरिएको र पहाड खनेर निकालिएको ढुंगा तथा माटो अन्यत्र बिक्री गरिएको बिज्ञप्तिमा जनाइएको छ । ‘यस कटान बारे बर्दघाट नगरपालिका र पारिजात सामुदायिक वन उपभोक्ता समुह मौन रहनु रहस्यमय भएको विज्ञप्तीमा जनाएको छ ।

Leave A Reply

Your email address will not be published.