Jilla Ban Notis

नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाट नगर समितिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।

0 21

रवि पाण्डे
बर्दघाट,माघ–१३
नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासी जिल्ला समिति अन्तरगत बर्दघाट नगर समितिको बृहत भेला तथा प्रशिक्षण कार्यक्रम बर्दघाटस्थित दाउन्नेदेवी बहुमुखी क्याम्पसमा सोमवार सम्पन्न भएको छ । भेला तथा प्रशिक्षण उद्घाटन कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका नेताहरुले सिमा अतिक्रमण तथा  एमसीसीका बिरुद्ध जनसंर्घष उठाउनुको विकल्प नरहेको बताए ।  उनीहरुले भारतीय विस्तारवाद सामु संसदीय पार्टीहरु लम्पसार परेको भन्दै सिमा अतिक्रमणलाई अन्तराष्ट्रियकरण नगर्नु त्यसैको परिणाम रहेको बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद विरुद्ध जनतालाई सचेत ढंगबाट सडकमा ल्याउन क्रान्तिकारीहरुले भुमिका खेल्नुपर्ने जानकारी दिए । उनीहरुले वाईडबढी भष्ट्रचार काण्डदेखि संसदीय पार्टीहरु सत्तारुढ नेकपा र नेपाली काँग्रेसबीच मिलेमतो रहेको चर्चा गर्दै त्यसको अन्तर्यमा एमसीसीलाई काँग्रेसले समर्थन गरेको दावी गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्रान्तिकारी माओवादीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी चोलाले बिकृति विसंगतिका बिरुद्ध धावा बोल्ने समय आएको जनाए ।   उनले माघ १५ गते देखि राष्ट्रिय स्वाधीनतको आन्दोलनलाई तीब्रता दिन अभियान उद्घाटन गरिने बताए ।

      कार्यक्रममा बिशेष अतिथि क्रान्तिकारी माओवादीका प्रदेश सदस्य संकल्पले विश्व बहुधुब्रीय रुपमा रहेका बेला क्रान्तिको सम्भावना बढेर गएको भन्दै सच्चा राष्ट्रवादी तथा क्रान्तिकारीबीच धुब्रीकरणको समय आएको तर्क गरे । उनले जनतामा निराशा बृद्धि हुदैं गएकोले त्यस निराशालाई संगठित गर्दै अगाडि बढनुपर्ने जनाए । कार्यक्रममा बोल्दै बिशेष अतिथि क्रान्तिकारी माओवादीका प्रदेश सदस्य समरले हरेक बर्गका समस्यालाई लिएर आन्दोलन उठान गर्नुपर्ने तर्क गरे । उनले आन्दोलन दबाउन खोजे प्रतिरोधको योजना बनाइने बताए । कार्यक्रममा क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य विवेकले बर्दघाट नगरमा पार्टीको बिरासतलाई थप मजबुत पार्दै कार्यकर्ताका मनोभावना बुझेर काम गर्ने र आम जनतालाई संगठित गर्न सबै लाग्नुपर्ने बताए । कार्यक्रममा क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य तथा नगर सेक्रेटरी क्रान्तिले गाउँ गाउँमा पुगेर जनतालाई संगठित गर्दै अगाडि बढने  प्रतिबद्धता जनाए । कार्यक्रममा विप्लव नेकपाबाट क्रान्तिकारी माओवादी प्रबेश गरेका आकाशले नेपाली जनवादी क्रान्तिको मुलधार नै क्रान्तिकारी माओवादी रहेको जनाए । भेलाले क्रान्तिको नेतृत्वमा २१ सदस्सीय बर्दघाट नगर समिति निर्वा्चित गरेको छ । भेलाले नगर सेक्रेटरीमा क्रान्ति , सह सेक्रेटरीमा आकाशलाई चयन गरेको हो । त्यस्तै भेलाबाट ६ सदस्सीय नगर सचिवालयसमेत गठन गरिएको छ । सचिवालय सदस्यहरुमा क्रान्ति, आकाश, नीता, संर्घष, संस्कृति र श्याम रहेका छन् । त्यस्तै नगर सदस्यहरुमा गोबिन्द,जयश्वर, बर्ष,सृष्टि, कर्ण,आकाश,बिजय, सजन,वसन्त,पुष्पलगायत निर्वा्चित भएका छन् । कार्यक्रम नगर सेक्रेटरी क्रान्तिको अध्यक्षतामा भएको थियो । त्यस्तै १४ गते सुनवल नगर भेला हुने बताइएको छ भने १५ गते जिल्लामा राष्ट्रिय स्वाधीनताको आन्दोलनको अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.