Sarawal sit lahar Notis

निःशुल्क आखाँ परिक्षण तथा चस्मा वितरण कार्यक्रम सम्पन्न

0 104

रामु भुसाल

बर्दघाट, फाल्गुन -२६,
पश्चिम नवलपरासीको होलिकेयर ईग्लिंश सेकेण्डरी स्कुल बर्दघाट ५ पाल्डाडामा एक दिने निशुल्क आखाँ परिक्षण तथा दृष्टीदोष भयेका विद्यार्थीहरुलाई निशुल्क चस्मा वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । होलिकेयर ईग्लिंस सेकेण्डरी स्कुल पालडाडा र डाक्टर विनोद निता आँखा अस्पताल रामग्राम परासीको सयुक्त आयोजना तथा नेपाल रेडक्रश सोसाइटी नवलपरासी शाखाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित विद्यालय आँखा जाँच कार्यक्रम अन्र्तगत सम्पन्न कार्यक्रममा उक्त विद्यालयका ४ सय ११ जना छात्रछात्राहरुलाई अस्पतालका नेत्र सहायक हरिषचन्द्र यादव नेतृत्वको टोलीले आखाँ चेकजाँच गरेकोमा १६ जनामा अदुर दृष्टी दोष देखिएको र उनिहरुलाई निशुल्क चस्मा वितरण गरिएको विद्यालयका प्रिन्सिपल ईन्द्र बहादुर गुरुंगले जानकारी दिनुभएको छ ।

शिविरमा २ जनालाई आखाँमा गम्भिर प्रकृतीको समस्या देखिएकोले थप उपचारको लागी विनोद निता कण्डेल आखाँ अस्पताल परासीमा रिफर गरिएको नेत्र सहायक हरिषचन्द्र यादवले जानकारी दिनुभयो । विद्यालयहरुको माग अनुसार सो शिविर सञ्चालन गर्दै आइरहेको र त्यसको समन्वयकारी भुमिका नेपाल रेडक्रश सोसाइटी नवलपरासी शाखाले खेल्दै आएको सोसाइटीका उपमन्त्री सुरज केसीले जानकारी दिनुभएको छ ।

Leave A Reply

Your email address will not be published.