Jilla Ban Notis

नसर्ने रोगहरु सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

0 36

परासी १८ पुस

पश्चिम नवलपरासीमा नसर्ने रोगहरु सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सरोकरवाहरुबीच नसर्ने रोगहरु सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज परासीमा सम्पन्न भएको हो । रामगा्रम नगरपालिकाका नगरप्रमुख नरेन्द्र गुप्ताको अध्यक्षता भएको कार्यक्रममा गुप्ताले रोग लाग्ने नदिने शारिरीक कसरत गर्न जरुरी रहेको बताउदै शारिरीक कसरतले शारिरमा रोग लाग्न नदिने भएकोले शारिरीक कसरतले मान्छे जिवनमा महत्वपूर्ण रहेको बताए । अभिमुखिकरण चिसासपानी अस्पतालका डा सन्तोष घिमिरले मुटु तथा रक्तनली र हृदयघात नसर्ने रोगहरुको सबभन्दा नसर्ने घातक रोगहरु रहेको बताउदै जनसख्यको लगभग ३१ प्रतिशत हाल सुतीजन्य पदार्थ सेबन गर्न गरेको जसमध्ये जम्मा पूरुष मध्ये ४.८१ प्रतिशत ले सुर्तीजन्य सेवन गर्ने गरेको जानकारी दिए । उनले जनसख्यको लगभग ८.५ हाल धुम्रपान गर्दछन भने दैनिक धुम्रपान १५.८ प्रतिशत रहेका छन त्यसमध्ये१०.३ प्रतिशत महिलाहरुले धुम्रपान गर्ने तथ्याक प्रस्तुत गरेका थिए ।यस्तै चिसासपानी अस्पतालका डा रमेश न्यौपानेले नेपालमा १५ प्रतिशत सर्ने रोग र नसर्ने रोग ८५ प्रतिशत रहेको जानकारी दिए ।कार्यक्रममा रामग्राम नगरपालीका १८ वटै वडाअध्यक्षहरु हेल्थपोष्टका ईन्चार्ज,कार्यपालिका सदस्य,रामग्राम नगरपालिकाका कर्मचारीहरु गरी ५० जनाको सहभागिता रहेको रामग्राम नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण चौधरीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.