Jilla Ban Notis

नवलपरासी प्रहरीद्वारा २ लाख १ हजार ३ सय मुल्य बराबरका अवैध मालसामान बरामद

0 14

गाैरीशकर जयसवाल
परासी १२ फागुन
नवलपरासी (पश्चिम) प्रहरीले जिल्लाकाे विभिन्न स्थानबाट अबैध रूपमा भारतबाट नेपाल ल्याउदै गरेको २ लाख १ हजार ३ सय ९० मुल्य बराबरको जिउँदो बोईलर कुखुरा तथा बिभिन्न मालसामान बरामद गरेको छ प्रहरिले भारतबाट अवैध रुपमा ल्याई वेवारिसे अवस्थामा राखेको ३२ गोटा (६४ के.जी.) जिउदो बोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. १४ रक्सहवा स्थितबाट बरामद गरेको हाे । त्यसैगरी भारबाट अवैध रुपमा ल्याई राखेको २२ गोटा (४४ के.जी.) बोईलर कुखुरा पनि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं.४ वैरिहवाबाट बरामद गरिएकाे डिएसपि राजु लामाले जानकारी दिनुभयाे । बरामद कुखुराको मुल्य .२१ हजार ६ सय बराबर रहेको छ । बरामद कुखुरा आवश्यक कारबाहीको लागि आजै महेशपुर पशु क्वारेन्टाईन पठाईएको प्रहरीले जनाएकाे छ ।
भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको ७५ हजार ५ सय मुल्य बराबरको चम्चा, टिफिन, ट्वाईलेट सिट लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं.३ कुस्मा स्थितबाट बरामद गरेको छ । उक्त मालसामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेका थिए ।
यसैगरी भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको .४० हजार मुल्य बराबरको ४ कार्टुन बिभिन्न मोवाईलका स्क्रिन ग्लास जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ४ बैरिहवा स्थितबाट बरामद गरेको डिएसपी लामाले बताए ।
त्यसैगरी अबैध रुपमा भन्सार छली ल्याई वेवारिसे अवस्थामा राखेको .३० हजार ४ सय मुल्य बराबरको ६९० के.जी. घाँसको बिउ ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले सुनवल नगरपालिका वडा नं. ७ ज्यामिरे स्थितबाट बरामद गरेको छ । आज बरामद सम्पुर्ण मालसामान आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
त्यस्तै भारतबाट अवैध रुपमा भन्सार छली ल्याउदै गरेको .३३ हजार ८ सय ९० मुल्य बराबरको चिनी, लेडिज कुर्ता सुरुवाल, थान कपडा लगायतका मालसामान प्रहरी चौकी भुजहवा बाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ गणेशपुरबाट बरामद गरेको छ । बरामद सम्पुर्ण मालसामान आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.