Jilla Ban Notis

नवलपरासी प्रहरीद्धारा ९० बोरा यूरीया मल सहित दुई जनालाई पक्राउ ।

0 21

गौरीशंकर जयसवाल

परासी २७ श्रावण
नवलपरासी प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट यूरीया मल बरामद गरेको छ । जिल्लाको ,सुनवल नगरपालिका र सरावल गांउपालिकाका स्थानिय ब्यीक्तले भारतबाट अबैध रुपमा भन्सार छली ल्याएर लुकाईछिपाई घरमा राखेको अवस्थामा ९० बोरा यूरीया मल प्रहरीले बरामद गरेको हो ।भारतबाट अबैध रुपमा भन्सार छली ल्याएर सुनवल नगरपालिका वडानं १२ बस्ने उमेश प्रसाद गुप्ता सोहीे ठाउं बस्ने बिष्णु भण्डारी तिवारीको घरबाट प्रहरीले बिशेष सुराकीको आधारका खोजताली गर्दा उनीहरुको घरबाट यूरिया मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।

जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी बिट भुमहीको संयुक्त टोलीले उक्त स्थानमा पुगी उमेश प्रसाद गुप्ताको घरमा ५० बोरा र बिष्णु भण्डारीको घरमा १० बोरा यूरिया मल बरामद गरिएको लामाले बताए ।उनीहरुसंग सोधपुछ गर्दा क्रममा उक्त सम्बन्धीत कुनै कागजातपत्र फेला नपरेकोले यूरिया मल सहीत दुबै जानलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । बरामद यूरीया मल प्रति बोरा ७००को दरले जम्मा ६०को मूल्य ४२ हजार बराबरको रहेको प्रहरीले जानएको छ । त्यसैगरी भारतबाट भन्सार छली ल्याई सरावल गाउंपालिको वडानं १ बासाको चोक नजिक लेकसाईटमा लुकाई राखेको अवस्थामा ३० बोरा यूरीया मल बरामद गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बर्दघाट र बासा प्रहरी चैकीको संयुक्त टोलीले उक्त मल बरामद गरेको हो । उक्त यूरिया मल कसले ल्याएर राखेका भन्ने खुलेको सकेको र्छैन प्रहरीले जनाएको छ । उक्त मल ७ सयका दरले ३० बोराको मूल्य २१ हजार बराबरको रहेको लामाले बताए । उक्त ९० बोरा यूरीया मल सहीत दुबै व्यक्तीलाई कार्वहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको लामाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.