Jilla Ban Notis

नवलपरासी जिल्लामा पहिलो पटक एग्रोभेट पसलहरुमा अनुगमन

भाईको नाममा दर्ता रहेको पसल दाईले संचालन गर्दै

0 61

गौरीशंकर जयसवाल

परासी २३ फागुन
एगा्रेभेट पसलहरुले किसानहरुलाई दिएको बिउभिजन तरकारीहरु नउम्रको भन्दै किसानहरुले सम्बन्धित निकायमा जनगुनासो गरेपछि पश्चिम नवलपरासी जिल्लामा पहिलो पटक एग्रोभेटको पसलहरुमा अनुगमन गरीएको छ । उद्योग पर्यटन बन तथा बातारवण मन्त्रालय लुम्बिनी प्रदेश तथा जिल्ला बजार अनुगमन समितीको संयुक्त नेतृत्वमा परासी बजारमा रहेका एग्रोभेट पसलहरुमा पहिलो पटक अनुगमन गरीएको होे ।

अनुुगमनको क्रममा एग्रोभेट पसलहरुमा बिभिन्न प्रकारका तरकारी को बिउबिजन र बिषादी म्याद गुज्रेको भेटिएको उद्योग पर्यटन बन तथा बातारवण मन्त्रालय लुम्बिनी प्रदेशका अधिकृत बाल कृष्ण गैरेले जानकारी दिए । उनका अनुसार बिभिन्न प्रकार तरकारी बिउ भिजन र बिषादी म्याद गुज्रेका लेबल नभएको ५ सय ३१ प्याकेटको मुल्य ५ हजार सात २० रुपैयाँ बराबराको बिउभिजन जफत गरि नष्ट गरिएको गैरेले बताए ।

अनुगमन क्रममा सिद्धि बिनायक एग्रोभट पसल भाईको नाम दर्ता रहेको तर सो एग्रोभेट पसल दाईले संचालन गरिरहेको अवस्थामा भेटिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले जानकारी दिए ।

एग्रोभेट पसल सचालन गर्नु पूर्व बिउभिजनको तालिम लिएर मात्र संचालन गर्नुपर्ने प्रवाधान रहेको तर भाईले तालिम लिएको तर एग्रोभेट पसल दाईले सचालन गरेको भेटाईएको भुसालले बताए ।

उक्त एग्रोभेट पसलका संचालन गर्नको लागि दाईलाई सात दिनभित्र बिउभिजनको तालिम लिई मात्र पसल बेचबिखन अनुगमन समितीले चेतवानी दिएको छ । अनुगमनको क्रममा नापकतौलका प्रमाणपत्र नलिएको भेटाईएकोले सात दिनभित्र प्रमाणपत्र लिन अनुगमन समितीले निर्देशन दिएको छ ।

अनुगमन समितीले परासी बजारमा रहेका पाल्ही कृषि सामाग्री केन्द्र, साह एग्रोभेट,सिद्धी बिनायक एग्रोभेट ,अंश एग्रोभेट, शिव भेटनरी सेन्टर ,न्यू चौधरी एग्रोभेट गरी ६ वटा एग्रोभेट पसलमा उद्योग पर्यटन बन तथा बातारवण मन्त्रालय बिषादी बिज्ञ एवम बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले जानकारी दिए ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका अशोक श्रेष्ठ,जिल्ला प्रहरी कार्यालयका सई मदन बस्याल,कृषि ज्ञान केन्द्र परासीकी कृषि प्रसार अधिकृत मानिषा पौडेल,उपभोक्ता हित संरक्षण मञ्चका कोषाध्यक्ष धुब्र ज्ञवाली,सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.