Jilla Ban Notis

नवलपरासी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो बर्दघाटमा मात्र ११ जना ।

0 18

कृष्ण ढकाल

बर्दघाट,पुष–२

नवलपरासी जिल्लामा रहेका सात स्थानिय तहमध्ये कोरोना संक्रमणबाट मृत्यु हुनेमा सबै भन्दा बढी संख्या भएको  स्थानीय तहमा बर्दघाट नगरपालिका रहेको छ । आज सम्मको जिल्ला स्वास्थ्य कार्यालयल नवलपरासीले दिएको जानकारी अनुसार बर्दघाट नगरपालिकामा आज अर्थात विहिवार सम्म ११ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।

त्यसैगरी रामग्राम नगरपालिका र सुनवल नगरपालिकामा ६/६ जना,पाल्हिनन्दन गाउँपालिकामा ३ जना,प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकामा १/१ जना ब्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भैसकेको छ भने सरावल गाउँपालिकामा शुन्य रहेको छ ।

नवलपरासी जिल्लामा आज सम्म २८ जना ब्यक्तिहरुले कोरोना संक्रमणका कारण आफ्नो ज्यान गुमाएका छन् । यता बुधवार राति  बर्दघाट नगरपालिका वडा नम्बर ७ जिमिरेभारका वर्ष ६५ का कोरोना संक्रमित पुरुषको मृत्यु भएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताउनु भएको छ । तर ती ब्यक्तिको स्वास्थ्य कार्यालयमा ल्याब बाट कुनै रिर्पाट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालयल नवलपरासीले  दैनिक रुपमा जानकारी गराउने तथ्याकंमा उल्लेख गरेको छ । मुटु र सुगर रोगीरहेका ती ब्यक्तिको स्वास्थ्यमा समस्या भएपछि उपचारका क्रममा बुधबार पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताईएको छ । ती ब्यक्तिसंगै नवलपरासी जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ भने कोरोना संक्रमितको संख्या १ हजार ३ सय ६१ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.