Jilla Ban Notis

नवलपरासीमा फोटो पत्रकारीता तालिम शुरु ।

0 28

कृष्ण ढकाल
बर्दघाट,फागुन–२०
नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको आयोजना र सुनवल नगरपालिकाको सहयोगमा तिनदिवसीय फोटो पत्रकारीता तालिम शुरु भएको छ । पत्रकारहरुको क्षेमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरीएको पत्रकारहरुको क्षमता विकास तथा तीन दिने फोटो पत्रकारीता तालीमको समुद्घाटन कार्यक्रम सुनवल नगरपालीकाका नगरप्रमुख भिम बहादुर थापा भरतको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षतामा सम्पन्न् भएको थियो । सो अवसरमा वोल्दै नगर प्रमुख थापाले अब पत्रकारहरु प्रविधि मैत्री बन्न जरुरी रहेको बताउदै पत्रकारहरु सदैव वित्रृmति र विसंगतीको अन्त्य गर्न सक्रिय हुनु पर्ने बताउनु भयो । उहांले सुनवल नगरपालिका सदैव पत्रकारहरु र संचार गृहहरुसंग सहकार्य गर्दै अघिबढ्न तयार रहेको समेत बताउनु भयो । त्यसैगरी कार्यक्रममा सुनवल नगरपालिका का नगर उप प्रमुख दधिराम अर्यालले जिल्लाका केहि मिडियाहरुमा कामगर्ने पत्रकारहरु बहकावमा वहकिने गरेको अनुभव सुनाउदै वहकावमा नबग्न आग्रह गर्नु भएको थियो । उहांले सुनवल नगरपालिकाले धेरै राम्रा काम गरेको तर मिडियाले प्राथमिकता नदिएको पनि गुनासो गर्नु भयो । फोटो पत्रकारीता तालीमको समुद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले भैतीक विकासले मात्र देशको विकास नहुने भन्दै तिनै तहका सरकारले बनाउन लागेका कानुनहरु मिडिया मैत्री नभएको बताउनु भयो । मिडिया काउन्सिल विधयेक, सुचना प्रविधि विधयेक यसको उदाहारण भएको बताउँदै स्थानिय तहले पनि कानुन बनाउँदा मिडिया मैत्रि कानुन बनाउनुपर्नेमा जोड दिनुभएको थियो भने कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, नवलपरासी शाखाका पूर्व सभापति केशव पराजुली लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । महासंघका शाखा उपाध्यक्ष नारायण सुवेदीको स्वागत मन्तव्यवाट शुरुस् भएको कार्यक्रमको संचालन सचिव सचिव राजकुमार रेश्मीले गर्नु भएको थियो । जिल्लामा ३० बढी क्रियासिल पत्रकारहरुको सहभागिता रहेको उक्त फोटो पत्रकारीता तालिमको सहजिकरण फोटो पत्रकार कल्बका अध्यक्ष बिकास कार्कीले गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.