Jilla Ban Notis

नवलपरासीमा पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना संक्रमण मुक्त

0 16

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१३
नवलपरासी जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन । यो सगै नवलपरासी जिल्लामा कुल २ हजार ४ सय ५६ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
जिल्लामा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ भने पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका वडा नम्वर २ कि ८२ बर्र्षीय महिला को चिसापानी आईसोलेसनमा ,र सुस्ता गाउँपालिका वडा नम्वर–१ का ५० बार्षीय पुरुष शहिद स्मृति अस्पताल चौपत्तामा, र सरावल वडा नम्वर ३ का ३५ बार्षीय पुरुषको पृथ्बीचन्द्र अस्पताल परासीमा उपचाका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
त्यसैगरी बर्दघाट नगरपालिका वडा नम्वर ७ का ५६ बर्षीय पुरुषको भरतपुर मेडिकल अस्पतालमा मृत्यु भएको तर रेकर्ड आज उपलब्ध भएको र सरावल वडा नम्वर १ का ४२ बर्षीय पुरुषको यू सि एम एस भैरहवामा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।
यो सँगै नवलपरासी जिल्लामा कोरोना भाइरस संक्रमणका कारण १ सय २२ जनाले ज्यान गुमाई सकेका छन । नवलपरासी जिल्लामा पछिल्लो २४ घण्टामा ७७जना कोरोना संक्रमण थपिएसंगै अहिले सम्म ४ हजार ४ जना कोरोना भाइरस संक्रमण हुनेको संख्या पुगेको छ।

Leave A Reply

Your email address will not be published.