Jilla Ban Notis

नवलपरासीमा आजवाट लक डाउनलाई थप कडाई गरीदै ।

0 23

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२६
नवलपरासीमा आजवाट लक डाउनलाई थप कडाई गरीदै छ । हिजो बसेको जिल्ला स्तरीय कोराना नियन्त्रण समन्वय समितिको बैठकले नवलपरासीमा आजवाट लक डाउनलाई थप कडाई गर्ने निणर्य गरेको जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला स्तरीय कोराना नियन्त्रण समन्वय समितिका प्रमुख शिवशंङ्कर रायले बताउनु भएको छ । अतिआवश्यकीय सामाग्रीहरु विक्रिगर्ने पसल व्यवसाय खोल्दा भिडभाड बढेकाले लकडाउनलाई थप कडाई गर्न  लागिएको बताईएको छ । सरकारले लकडाउनको समयावधि बढाएको र साँझपख मानिसहरु बाहिर निस्कने क्रम पनि नरोकिएकाले नवलपरासी जिल्लाका सबै पालिकाहरुमा आजवाट लक डाउनलाई थप कडाई गर्ने बैठकले निर्णय गरेको बताईएको छ ।  भारतबाट लुकिछिपि नेपाल आउने क्रम भईरहेको पाईएकाले आएकाहरुलाई तत्कालै क्वारेन्टाईनमा राख्ने र सिमा क्षेत्रमा निगरानी बढाउने पनि बैठकले निर्णय गरेको बताईएको छ । बैठकले किसानहरुको आवश्यकतालाई मध्यनजर गर्दे गहुँ काट्ने कम्पाईन मेसिन स्थानिय तहको अनुमतिमा संञ्चालन गर्न पाउने निर्णय पनि गरेको छ । किसानहरुको आवश्यकतालाई हेरिकन सम्बन्धीत पालीकाको अनुमतिमा मात्रै कम्पाईन मेसिन प्रयोग गर्न पाउने निर्णय गरिएको समितिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.