Jilla Ban Notis

नवलपरासीको सरावलमा प्राचिन कोलिय राज्यको ककरपत्त नगर घोषणा ।

0 53

कृष्ण ढकाल
पश्चिम नवलपरासी,कार्तिक–१५

नवलपरासी जिल्लाको सरावल गाउँपालिका वडा नं.–२ जावामा प्राचिन कोलिय राज्यको ककरपत्त नगर घोषणा गरीएको छ । बौद्धकालिन समयको कोलिय गणराज्यका सात नगरहरु मध्येको मुख्य नगरका रुपमा रहेको ककरपत्त नगर सोही सरावल–२,जावामा पर्ने बौद्धचार्य पुस्तकमा समेत उल्लेख भएको र सो पुस्तकमा उल्लेख गरीए अनुसारको कोलको वृक्ष समेत फेला परेकाले सोक्षेत्रलाई प्राचिन कोलिय राज्यको ककरपत्त नगर घोषणा गरीएको सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भयो ।

बौद्ध ईतिहांस तथा पुरातत्व क्षेत्रका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले तात्कालिन कोलिय गणराज्य स्थापीत गर्दा कोलका वृक्षहरुले भरीएको जंगलक्षेत्र रहेको उल्लेख गरीएको आफुले अध्ययनका क्रममा पाएको बताउनु भएको छ । जुनकुरा अहिले हामीले देख्ने कोलका वृक्षहरु पनि त्यहिवेला देखि नै रहेका विरुवाहरुका सन्ततीहरु रहेको उहांको भनाई छ ।

विश्वमा लोपोउन्मुख रहेको कोल वृक्ष संरक्षणका लागि सरावल गाउँपालिकाले अहिले सम्म १ कारेड बढी खर्च गरेको गाउँपालिका अध्यक्ष राधेश्याम चाधरीले बताउनु भएको छ । उहांले अब सोक्षेत्रको एैतिहाँसिक तथा धार्मिक महत्व र लोपोन्मुख कोल वृक्षको संरक्षण गर्दै पर्यटकहरुलाई आकर्षित गर्न सौन्दरीकरण लगाएतका योजनाहरु पालिकाले अघि सारेको बताउनु भएको छ ।

त्यसैगरी पालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले अहिले सम्म पार्क निमार्ण,बौहुउद्धेशीय सभाहल,पिक्निक स्थल,गेट निमार्ण लगाएत कामहरु सम्मपन्न् गररीसकेको र यसवर्ष पनि सो क्षेत्रको उत्खनन् गर्नका लागि पालिकाले बजेट विनियोजन गरेको बताउनु भएको छ ।
सरावलमा प्राचिन कोलिय राज्यको ककरपत्त नगर घोषणा कार्यक्रम कोल वृक्ष पर्यटन विकास संस्थाका अध्यक्ष नरेन्द्र चौधरीको अध्यक्षता र सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता तथा प्रमुख प्रसासकिय अधिकृत बुद्ध पौडेलको विषेश आतिथ्यतामा सम्पन्न् भएको थियो । मिडिया एसोसिएसन नवलपरासीका अध्यक्ष वेचु गौणले कार्यक्र प्रस्तुत गर्नु भएको कार्यक्रममा बौद्ध ईतिहांस तथा पुरातत्व क्षेत्रका अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले प्राचिन कोलिय राज्यको ककरपत्त नगर घोषणा गर्नु भएको थियो भने कार्यक्रकमको संचालन हुसेन अन्सारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.