Jilla Ban Notis

नवलपरासीको गेर्मीका कुमालेहरुको पेशा शंकटमा (भिडियो सहित)

0 16

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–३०
कुमालहरुको पहिचान बोकेको माटाका भांडा बनाउने पेशा अहिले पछिल्लो समय लोप हुन थालेको छ । कुमाल समुदायले गर्दै आएको माटाका भाँडा बनाउने पेशाप्रति नयांपुस्ताहरुको चांसो घट्दै जाने र मानिसहरुले प्लास्टिकका सामान प्रयोग गर्न थाले पछि पेशा नै शंकटमा पर्ने खतरामा गएको अग्रज कुमालेहरुको भनाई रहेको छ ।

नवलपरासी जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ गेर्मीको कुमाल वस्तीका कुमालेहरुलाई ५/६ वर्ष पहिले तिहार लाग्न शुरु भएसंगै माटाका पालाहरु बनाउन भ्याई नभ्याई हुन्थ्यो तर अहिले माटाका पालाहरुको विक्रिमा कमी आएपछि उनीहरु निरास भएका छन् ।

समय र प्रविधिको विकास भएसंगै माटोका पालाको प्रयोग गर्ने ठाँउमा अहिले मैनबत्ती र झिलिमिली बल्ने इलेक्ट्रिक लाईटले आफुहरुको पेशा शंकटमा परेको गेर्मीका कुमालेहरुले बताएकाछन् ।
माटोका पाला,घ्याम्पा, गाग्री, गमला,खुत्रुकेका सट्टा मानिसहरुले प्लास्टिकका सामान प्रयोग गर्न थाले पछि आफ्नो पेशा शंकटमा परेकाले आफुहरुको दैनिकि चलाउन पनि समस्या भएको उनीहरुको गुनासो रहेको छ ।

अहिले माटोका भाँडाहरुको विक्री कमहुन थाले पछि गेर्मीका नयांपुस्ताले पुर्खेउली पेशा क्रमशः छोड्दै गएका छन् भने केहि कुमालेहरुले आफ्नो पेशालाई टिकाई राख्नका लागि नयां नयां प्रविधिको खोजी गर्न लागेका छन् । छिटो छरितो रुपमा माटोको भाँडा बनाउने र उत्पादक लागत कम गर्न उनीहरुले अहिले हातैले घुमाउनु पर्ने चक्रको बदलामा विद्युतीय चक्र प्रयोग गर्न थालेका छन् ।
सरकारले प्लास्टिकका सामान प्रयोग गर्नमा रोक लगाए आफ्नो पेशा शंकटमा नपर्ने उनीहरुको ठम्माई रहेको छ ।

पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ गेर्मीको कुमाल वस्तीका करिव ३० घरपरिवार कुमालेहरुले उत्पादन गरेका माटोका पाला,घ्याम्पा, गाग्री, गमला,खुत्रुकेहरु जिल्लाको परासी,सुनवल,भुमहि,बर्दघाट लगाएतका क्षेत्रहरुमा विक्रि हुदै आएको छ ।

 

Leave A Reply

Your email address will not be published.