Jilla Ban Notis

दुध उत्पादन बढाउन नि शुल्क घासको बीउ वितरण ।

0 25

उमेश बि.क.

सरावल ,२३ फाल्गुन

नवलपरासीको सरावल गाउँपालिका द्वारा निशुल्क घाँस बीउ वितरण गरिएको छ । सरावल गाउँपालिकाको पशु सेवा शाखाले दुध उत्पादन बढाउन व्यावसायिक पशु फर्म तथा साना किसानहरुलाई विभिन्न किसिमका अनुदान दिदै आएको छ ।सातौ वडाबाट तथा गाउँपालिकाबाट किसानहरुलाई निस्शुल्क सुडान , टिओसेन्टि तथा बर्षिम जातको घासको बीउ बितरण भइरहेको जानकारी गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी गराउनुभएको छ ।
समय अनुसार जै, टियोसेन्ट्री जातको घासको बिउ आवश्यक परे उपलब्ध गराउने क्रम जारी रहने अध्यक्ष चौधरीले बताउनु भएको छ ।अध्यक्ष चौधरीलेआर्थिक विकासका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको बताएका छन्।पालिकाको समृद्धिका लागि कृषि क्षेत्रको विकास अहम रहेको र कृषि क्षेत्र गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गरेका छन्। कृषि क्षेत्रको विकासका लागि सरकारी निकाय र नीजि क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका अध्यक्ष चौधरीले यस क्षेत्रको प्राथमिकतामा परेका कार्यक्रमहरुको कार्यान्वयन गर्न सहयोग पुग्ने स्पस्ट पारे।

Leave A Reply

Your email address will not be published.