Jilla Ban Notis

दर्पण पोष्ट डिजिटल पत्रिकाका सम्पादक र निर्देशकले सफाइ पाए ।

0 48
सुनवल,माघ ९
दर्पण पोष्ट डिजिटल पत्रिकाका सम्पादक र निर्देशकले सफाइ पाएका छन । मंगलबार जिल्ला अदालत झापाले पत्रिकाका सम्पादक टंक सुनार र निर्देशक विमल भट्टराईलाई सफाई दिएको हो । गत बैसाख ९ गते झापाको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले लिखि गाली वैजती गरेको भन्दै ३ बर्ष कैद र ७० हजार रुपैया विगो माग दाबी सहित जिल्ला अदालत झापामा मुद्धा दायर गरेका थिए ।
२०७५ चैत्र ११ गते दर्पण टिभि डट कम मा प्रकाशित बलात्कारको मुद्धा मिलाउँछु भन्दै गाउँपालिका प्रमुख फरार शीर्षकको समाचारको बिषयलाई लिएर नाम मिल्दो जुल्दो भएको आधारमा गाउँपालिका अध्यक्षले लिङ्देनले मुद्धा दायर गरेका थिए । जिल्ला अदालत झापाले माघ ७ गते मंगलबार मुद्धा खारेज गरीदिएको हो । मुद्धा लड्नका लागि फ्रिडम फोरम नेपालले सहयोग गरेको थियो ।

Leave A Reply

Your email address will not be published.