Jilla Ban Notis

दक्षिण एसियाका महिला स्वास्थ्य स्वयंसेविकाहरुद्धारा व्यक्तिगत सुरक्षाका साधनहरु उपलव्ध गराउन माग ।

0 21

कृष्ण ढकाल
नवलपरासी,मंसीर–२७
न्यूनतम पारिश्रमिक तथा व्यक्तिगत सुरक्षाका उपकरणहरु विना नै कार्यक्षेत्रमा खटिनु परेको भन्दै दक्षिण एसियाका महिला स्वास्थ्य स्वयंसेविकाहरुले आफुहरुलाई व्यक्तिगत सुरक्षाका साधनहरु उपलव्ध गराउन माग गरेका छन् । विभिन्न देशका यूनियनहरुको शुक्रवार आयोजित एक भर्चुअल कार्यक्रममा उनीहरुले उक्त माग गरेका हुन ।

पव्लिक सर्भिस ईण्टरनेशनल (पिएसआई) ले भर्चुअल रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल, भारत तथा पाकिस्तानका स्वास्थ्य स्वयंसेविकाहरुले भाग लिएका थिए । उनीहरुले कोभिड–१९ को यो महामारीमा सरकारले आफूहरुको कामलाई कुनै सम्मान नगरेको बताएका थिए ।
स्वास्थ्य क्षेत्रमा कार्यरत श्रमिकको कामको पहिचान गर्न, नीति निर्माण तहमा उनीहरुको सामुहिक आवाज पुर्याउन, व्यवसायजन्य स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गर्न, कामको सम्मान गर्न, र स्वास्थ्य क्षेत्रमा स्वयंसेविको रुपमा कार्यरतहरुलाई सम्वन्धित देशका सरकारहरुले ध्यान दिनु पर्ने उनीहरुको माग रहेको थियो।

सरकारले धेरै जिम्मेवारी दिएपनि काम अनुसार पारिश्रमिक नदिएको नेपाल स्वास्थ्य स्वयंसेवि संघ (नेभा) की उपाध्यक्ष गीता थिङले बताउनु भएको थियो । अहिले नेपालमा मातृ मृत्युदर तथा बाल मृत्युदर घटाउन स्वास्थ्य स्वयंसेविकाहरुले ठुलो सहयोग गरेको धारणा राख्नु भएको थियो भने स्वास्थ्य स्वयंसेवि संगठन (हेभोन) की कोषाध्यक्ष ज्योत्सना शाक्यले कोभिडको महामारी तथा त्यसबाट बच्नका लागि स्वास्थ्य स्वयंसेविकाहरुले समुदायस्तरमा सचेतना फैलाउन काम गरेको जानकारी गराउनु भएको थियो ।

भर्चुअल रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा भारतमा महिला स्वास्थ्य स्वयंसेविका रुपमा कार्यरत यमुना टेकाम,पाकिस्तानमा स्वास्थ्य स्वयंसेविका रुपमा कार्यरत हलिमा जालक्वारैन,संयुक्त राष्ट्रसंघको स्वास्थ्य अधिकार सम्वन्धि स्पेशल र्यापोर्टर आनन्द ग्रोवर,त्यसैगरी पि.एस.आई.की महासचिव रोसा पाभनेली लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.