Jilla Ban Notis

तपाई हाम्रो वरपरको वातावरणीय अवस्थाका वारेमा सबैले ध्यान दिऊ ः धनन्जय पौडेल

0 58

हरेक वर्ष विभिन्न प्रकृतिका दिवसहरु मनाउने र सम्वन्धित घट्नाहरुको स्मरण गर्ने प्रचलन रहिआएको छ । त्यस मध्येको एक हो विश्व वातावरण दिवस । विश्व वातावरण दिवस मनाई रहदा तपाई हाम्रो वरपरको वातावरणीय अवस्था कस्तो छ ? र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कुरा तपाई हामीले बुझन जरुरी छ । अहिले विश्वका सबै देशहरुले आफ्नो स्थानिय क्षेत्रहरुमा हरियाली बनाउने र घर आगन,टोल र सामुदायिक ,संस्थागत तथा सरकारी सबै निकायका कार्यालय परिसरहरु हरियाली वातावरणीय युक्त बनाउन तिर जोड दिईरहेका वेला तपाई हामी पनि त्यसमा साथ र सहयोगका लागि तयार हुनु पर्छ ।

त्यसैगरी तपाई हाम्रो घर छेऊमा रहेका सडकका ढलहरु सफा गर्ने देखि घर तथाब्यापार ब्यवसाय र उद्योगहरुवाट निस्कने प्रदुषण तथा फोहरको उचित ब्यवस्थापन गर्न तर्फ सबैको ध्यान केन्द्रीत हुन आवश्यक रहेको छ । त्यसैगरी वातावरणको क्षेत्रमा कार्य गर्ने सरोकारवाला निकायहरुले पनि उचीत योजना सहित जमानसमा प्रभाव पर्ने खालका योजना तथा नितिहरु बनाएर हाम्रो पुस्तालाई स्वछ प्रकृतिको वातावरण हस्तान्त्रण गर्न सकिने वातावरण सृजना गर्नुपर्छ ।

वातावरण अधिकारको हक सम्बन्धि विभिन्न मुद्दामा काम गर्नेहरुले वृक्षारोपण,खुल्ला दिसापिशाव मुक्त,धुवां–धुलो नियन्त्रण जस्ता योजनालाई कडाईका साथ लागु नर्ग दवाव सृजना गर्ने सक्नेहो भने बल्ल तपाई हाम्रो वरपरको वातावरण स्वच्छ हुन सक्छ ।

यदि प्रकृतिलाई क्षति पुग्ने गरि कुनै कामहरुगरे प्रकृतिले वदला लिने र गंभिर क्षति पुर्याउन सक्छ ।
                                                                                           (लेखक धनन्जय पौडेल उपभोक्ता हित संरक्षण मञ्च प्रदेश नं. ५ का सदस्य हुनुहुन्छ )

Leave A Reply

Your email address will not be published.