Jilla Ban Notis

डिभिजन वन कार्यालय नवलपरासीद्धारा वन डढेंलो गाष्ठी सम्पन्न् ।

0 30

कृष्ण ढकाल
बर्दघाट,चैत्र–५
वन जंगलमा हुने आग्लागी सबैभन्दाबढी मानविय कारणले गर्दा हुने भएका कारण त्यसमा सावधानी अपनाउनु पर्ने वनसरोकारवालाहरुले औल्याएका छन् । उनीहरुले प्राकृतिक कारणले
सृजित हुने आग्लागीका घट्नाहरु न्यूनमात्रामा नै हुने गरेको बताउदै मावनसृजित आग्लागीका घट्नाहरुमा कम गर्न सके वनजंगलमा हुने आग्लागीवाट हुने क्षेती पूर्णरुपमा रोकिने उनीहरुको ठम्मयाई रहेको थियो । डिभिजन वन कार्यालय नवलपरासीको आयोजनामा बुधवार बर्दघाट–१० भुताहामा रहेको संसारकोट हरियाली सामुदायिक वनको कार्यालयमा आयोजित फिल्ड स्तरीय वन डढेंलो गाष्ठीमा सहभागि सरोकारवालाहरुले उक्त औल्याएका थिए । त्यसैगरी वनजंगलमा हुने आग्लागिको न्यूनिकरणसंगै आग्लाजी रोक्न अपनाउनु पर्ने उपाए र निभाउने तरीका तथा वनमा आगो फैलन नदिने तरीका वारे पनि सहभागिहरुलाई जानकारी गराईएको थियो । अग्नी रेखाको निमार्ण प्रक्रिया र त्यसको प्रभावकारीतासंगै उपभोक्ताहरुलाई सजक र सचेत गराउने प्रक्रियाहरुका वारेमा समेत गोष्ठीमा छफलफल गरीएको बताईएको छ । गोष्ठीमा जिल्लाका १० वढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा प्रतिनिधिहरु,सामुदायिक वन महासंघका प्रतिनिधि धनीसरा भुषाल,ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख हिम बहादुर के.सी.,वासा प्रहरी चौकी ईन्र्चाज लिल बहादुर वि.क. लगाएतको सहभागिता रहेको थियो । बर्दघाट सरावल डिभिजन वन कार्यालय,बर्दघाटका प्रमुख रामनारायण शाहले सहजीकरण गर्नु भएको उक्त गोष्ठीको समापन कार्यक्रममा सामुदायिक वन महासंघका प्रतिनिधि धनीसरा भुषाल,ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख हिम बहादुर के.सी. र संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष कमल पराजुलीले गोष्ठीको उपलब्धी र त्यसको प्रभापकारीताका वारेमा आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.