Sarawal sit lahar Notis

जिसन नवलपरासीले आफ्नो १९ औं स्थापना दिवस विभिन्न कार्यक्रमगरी मनायो ।

0 31

कृष्ण ढकाल
बर्दघाट,साउन–२२
नवलपररासीका संस्थागत विद्यालयहरुको छाता संगठन जिसन नवलपरासीले आफ्नो १९ औं स्थापना दिवस आज विभिन्न कार्यक्रमगरी मनाएको छ ।

दिवस मनाउनेक्रममा सुनवल–१३ सगर पोखरीमा रहेको पवित्र बृद्धाश्रम र त्रिवेणीमा रहेको टिकानिधि मोक्ष्य बृद्धाश्रममा पोसिलो खाद्य सामाग्री वितरण गरेको थियो भने अन्त्यमा त्रिवेणीको बाल्मिकी ईको रिसोर्टमा शुभकामना आदान प्रदान सहितको कार्यक्रमको आयोजनागरी १९ औं स्थापना दिवस मनाएको थियो ।

जिसन नवलपरासीका अध्यक्ष सन्तोष रौनियारको अध्यक्षता र सोहीसंस्थाका निर्वतमान अध्यक्ष तथा सल्लाहकार धनराज चापागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्याप्सन नवलपरासीका जिल्ला अध्यक्ष ईन्द्र गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।

शुभकामना आदान प्रदान सहितको कार्यक्रममा बोल्ने बक्ताहरुले अहिले संस्थागत विद्यालयहरु पूर्णरुपमा मारमा परेको बताउदै यसको निकासका लागि नेतृत्व तहमा रहेका ब्यक्तिहरुले सम्वन्धित निकायसंग बसेर उचीत निति तयार पार्न आग्रह गेका थिए ।
अब पनि विद्यालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थित गराएर पढाई गर्ने वातावरण हुदैन भने अब विद्यार्थीहरुको भविष्य र विद्यालय संचालकहरुको पुजीं खतम हुने उनीहरुको भनाई रहेको थियो ।

संस्थागत विद्यालयहरुलाई हेर्ने दृष्टिकोण र सामुदायिक विद्यालयहरुलाई हेर्ने दृष्टिकोणमा फरक आएको भन्दै अब विद्यालय संचालकहरु पनि शैक्षिक निति अनुसार आफुलाई परिपक्क बनाउन जरुरी रहेकोमा समेत उनीहरुले जोड दिएका थिए ।

Leave A Reply

Your email address will not be published.