Jilla Ban Notis

जिमिरेभारमा निःशुल्क बृहत योग विज्ञान शिविर संचलन हुने

0 21

कृष्ण ढकाल
बर्दघाट,फागुन–२९
यहि चैत्र ७ गते देखी ११ गते सम्म बर्दघाट नगरपालिका वडा नम्बर ७ जिमिरेभारमा निःशुल्क बृहत योग विज्ञान शिविर संचलन गरीने भएको छ । पतञ्जली योग समिति त्रिनेत्रधाम जिमिरेभार,पतञ्जली योग जिल्ला समिति नवलपरासी र त्रिनेत्रधाम जिमिरेभारको संयुक्त आयोजनामा निःशुल्क बृहत योग विज्ञान शिविर संचलन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
पतञ्जली योग समिति त्रिनेत्रधाम जिमिरेभारका अध्यक्ष तथा जिल्ला कोषाध्यक्ष नरेश पंगेनीको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष ध्रुव थारुको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलन एवं स्थानिय विभिन्न संघ–संस्थाहरुका जिम्मेवार ब्यक्तिहरुसंगको अन्तरक्रिया कार्यक्रममा निःशुल्क बृहत योग विज्ञान शिविर संचलनका वारेमा जानकारी गराईएको थियो ।

नवललपरासी जिल्लालाई नै योगमय बनाउने अभियानमा जुटेको बताउने योगीहरुको यो अभियान त्रिनेत्रधाम जिमिरेभारवाट शुरु गरीएको आयोजकले बताएको छ। चैत्र ७ गते देख संचालन गर्ने योजना रहेको उक्त योग शिविरमा पतञ्जली योग समिति नेपालका केन्द्रिय योग गुरु लवदेव मिश्रा र भारतको हरिद्धारबाट महिला पतञ्जली योग समिति नेपालका केन्द्रिय पूज्यासाध्वी देवदिति र पतञ्जली केन्द्रिय युवा समतिका देवविजया आउने कार्यक्रम तय गरीएको आज आयोजीत पत्रकार सम्मेलनमा पतञ्जली योग समिति नवलपरासीका जिल्ला अध्यक्ष्ँ नरपती पाण्डेले बताउनु भएको थियो ।

पांच दिन सम्म संचालन हुने उक्त शिविरमा २ लाख बढी खर्च अनुमान गरीएकोमा १ लाख बर्दघाट नगरपालिकाबाट सहयोग गर्ने प्रतिवद्धता जाहेर भएको र वांकी संकलन गर्ने तयारी गरीएको जानकारी गराईएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोतीलाल सुनार,बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष वृहस्पति अधिकारी,जिमिरेभार बजार विकास समितिका अध्यक्ष नर बहादुर थापा, पतञ्जली योग समिति नवलपरासीकी महिला अध्यक्ष दिलकुमारी कुंवर, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.