Jilla Ban Notis

जबरजस्ती करणी गर्ने एक जना पक्राउ

0 19

उर्मिला यादव सुनवल

सुनवल,माघ ५

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जबरजस्ती करणी गर्ने मुद्धामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका वडा नम्बर दुई बत्रौली बस्ने २२ बर्षिय रोहित यादव रहेका छन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बिगत केहिदिन देखि आफनो ठुली आमाको घरमा बस्दै आएकी १४ बर्षिय परिवर्तित नाम एबिसीलाइ शनिबार साझ ६ बजेको समयमा बाटोमा हिडिरहेको अवस्थामा जबरजस्ती समाती बोल्न कराउन नदिइ बाटो नजिकैको खेतमा लगि जबरजस्ती करणी गरेका हुन । पक्राउ परेका यादवलाइ जबरजस्ती करणी मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.