Jilla Ban Notis

जन सांस्कृतिक महासंघ नेपालको जिल्ला समिति नवलपरासीको विस्तारीत बैठक सम्पन्न् ।

0 47

कृष्ण ढकाल
बर्दघाट,पौष–२
जन सांस्कृतिक महासंघ नेपाल नवलपरासी जिल्ला समितिको विस्तारीत बैठक आज सुनवलमा सम्पन्न् भएको छ । सुनवल–११ वनकट्टीमा रहेको शहिद विष्णु पाण्डे स्मृति प्रतिष्ठानमा भएको बिस्तारीत बैठकले जन सांस्कृतिक महासंघ नेपाल जिल्ला समितिको संयोजकको जिम्मेवारी पुनः जगत रानालाई नै दिएको छ भने सह–संयोजकको जिम्मेवारी उपेन्द्रमान श्रेष्ठ प्रद्यानलाई दिएको छ ।


त्यसैगरी आजको बैठकले जन सांस्कृतिक महासंघका विभिन्न घट्कहरुका नवलपरासी जिल्ला संयोजहरुको चयन समेत गरेको छ। जस्मध्ये जन संगित मञ्च नेपालको संयोजकमाा केदान पाण्डे,जनपक्षिय चलचित्र कर्मीसंघको संयोजकमा शंकर पौडेल निम्स,सामाजिक सांस्कृतिक मञ्चको संयोजकमा कृष्ण प्रसाद ढकाल,जन नाट्य मञ्च नेपालको संयोजकमा सावित्री बुढाथोकी,भाषा तथा साहित्य मञ्चको संयोजकमा हरिदत्त पौडेल ,जन साहित्य मञ्च नेपालको संयोजकमा राजेश पोखरेल र ललीतकला मञ्च नेपालको संयोजकमा मन कुमार गोल्डीलाई चयन गरेको छ ।

जन सांस्कृतिक महासंघ नेपाल जिल्ला समिति अध्यक्ष जगत रानाको अध्यक्षता र जन सांस्कृतिक महासंघ नेपालका लुम्बिनी प्रदेश ईन्चार्ज तथा संविद्यान सभा सदस्य सिन्धु जलेसाको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकमा नेकपाका केन्द्रीय कमीटी सदस्य थान प्रसाद गैरे,जन सांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ ,अनेम संघका जिल्ला अध्यक्ष राधा ढकाल,युवा संघ नेपालका जिल्ला संयोजक युवराज डुम्रे ,अनेरास्वीयूका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सुशान्त घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जन गायक स्व.प्रचण्ड बहादुर बुढाथोकीको १६ कृत्रि कर्खा गीतको बिमोचन समेत गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.