Jilla Ban Notis

जनकल्याण बचत तथा ऋण सहकारी संस्था पञ्चनगरको बार्षिक साधारणसभा सम्पन्न् ।

0 26

कृष्ण ढकाल
बर्दघाट,मंसीर–३०
सहकारीलाई पार्दशी र संस्थागत रुपमा बलीयो बनाउन जरुरी रहेको संविद्यान सभा सदस्य विक्रम खनालले बताउनु भएको छ । आज जनकल्याण बचत तथा ऋण सहकारी संस्था बर्दघाट–९ भुताहाको २८औं बार्षिक साधारण सभालाई सम्वोधन गर्दै संविद्यान सभा सदस्य खनालले सो कुरा बताउनु भएको हो । उहांले अहिलेको अवस्थामा सहकारीलाई व्यवस्थित र सुशासित बनाउन आवश्य रहेको समेत बताउनु भयो । अब सहकारीको सदस्य बन्ने ब्यक्ति एउटामा मात्र बन्ने र त्यसैवाट उस्का सबै योजना वा आवश्यकतालाई त्यस सहकारीले निति,विधि र प्रक्रियागत रुपमासमाधान गर्न सक्ने खालको वातावरण बनाउन जरुरी रहेको खनालले बताउनु भयो ।

जनकल्याण बचत तथा ऋण सहकारी संस्था बर्दघाट–९,पञ्चनगरका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता सचिव दिपक थापा क्षेत्रीको संचालनमा भएको २८ औं बार्षिक साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठ,पूर्व अध्यक्ष बालकृष्ण लम्साल लगाएतका ब्यक्तिहरुले आ आफ्ना भनाईहरु राख्नु भएको थियो ।

कार्यक्रममा संस्थालाई विभिन्न तरीकाले सहयोग गर्नुहुने शेयर सदस्यहरुलाई सम्मान समेत गरीएको थियो भने संस्थामा आवद्ध रहनु भएका शेयर सदस्यहरुका छोरा छोरीहरु जो २०७६ सालको एस.ई.ई को परिक्षामा उत्कृष्ट हुने ६ जना छात्रा छात्रहरुलाई पनि सम्मान गरीएको थियो । जस्मा सामुदायिक विद्यालयतर्फ राधाकृष्ण सापकोटा,कुशल ढकाल र ईरिषा भट्टराई रहेका छन भने संस्थागत विद्यालय तर्फ निरिक्षा बस्याल,अनिश चौधरी र प्रेम नारायण चौधरी रहेका छन् ।

२०५० साल अशोज ३० गते देखि आफ्नो यात्रा शुरु गरेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले अहिले सम्म आई पुग्दा ४ हजार ३ सय ७१ जना शेयर सदस्य बनाउन सफल भएको छ । त्यसैगरी संस्थामा अहिले ३ करोड १८ लाख १६ हजार ३ सय शेयर पुंजी र ३६ करोड २३ लाख ७८ हजार ७ सय २३ रुपैया संकलन गर्न सफल भएको छ ।
त्यस्तै जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले अहिले ३३ करोड २ लाख ८७ हजार २ सय २८ रुपैया ऋण लगानी गर्न सफल भएको छ भने २ करोड २७ लाख ६३ हजार ६ सय ७८ रुपैया जगेडा कोष रहेको छ । त्यसैगरी संस्थाको कुल सम्पती ४३ करोड ९३ लाख ९० हजार १ सय ४३ रुपैया रहेको अफ्नो वार्षीक प्रतिवेदनमा उल्लेख गरेको छ ।
संस्थामा ४ हजार ३ सय ७१ जना कुल शेयर सदस्य रहेका छन् ।

Leave A Reply

Your email address will not be published.