Jilla Ban Notis

जनउदय सामुदायिक वनलाई अवलोकन स्थलको रुपमा विकास गरिने

0 26

मोहन पौडेल

परासी, ३० कात्तिक

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ स्थित जनउदय सामुदायिक वन उपभाक्ता समूह कीर्तिपुरलाई अवलोकन गर्ने स्थलको रुपम विकास गरिने भएको छ । समूहको आज सम्पन्न सातौँ वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित गरिएको हो । उक्त सामुदायिक वनले वन क्षेत्रभित्र विभिन्न प्रकारका जडिबुटी तथा घाँसखेती गरी स्थानीय उपभोक्ताहरुलाई आयआर्जनमा सघाउ पु¥याईरहेको छ भने वैज्ञानिक वन व्यवस्थापन गर्ने नमूना सामुदायिक वनको रुपमा स्थापित हुन सफल भएको वन उपभोक्ता समूहका अध्यक्ष बलबहादुर थापाले जानकारी दिनुभयो ।वन संरक्षणसँगै सामुदायिक वनले विपन्न उपभोक्तालाई ऋण लगानी तथा आवास सहयोग, भू–क्षय रोक्न तटबन्ध निर्माण गरेको छ भने आगामी वर्षमा सीमसार संरक्षणका लागि पोखरी निर्माण, उद्यान निर्माण गर्ने योजना बनाएको अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं. ५ का सवै स्थानीय तहमा खानेपानी तथा सरसफाई योजना(वास प्लान) निर्माण गर्न लागेको बताउनुभयो । मन्त्री चौधरीले अव सडक, खानेपानी, विजुली लगायतका आधारभूत आवश्यकता भन्दा पनि रोजगारी र आयआर्जनका कार्यक्रमलाई जोड दिन आग्रह गर्नुभयो ।सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, सुनवल–३ का वडाध्यक्ष कर्णबहादुर सेन, सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष कमल परियार लगायतले सामुदायिक वनले वन तथा पर्यावरण संरक्षणसँगै स्थानीय नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो । २७८ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनबाट सुनवल– २,३ र ६ तथा पाल्हीनन्दन– २ का उपभोक्ता प्रत्यक्ष रुपमा लाभावन्ति हुँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.