Jilla Ban Notis

चौरासी वर्षीय बृद्धद्वारा विद्यालयलाई जग्गा तथा नगद हस्तान्तरण

मैले गरेको काम सबैका लागि प्रेरणा बनोस्, गाउँको विद्यालयलाई गाउँलेले नै सहयोग गर्नुपर्छ।

0 29

बुटवल,मंसीर,५

अर्घाखाँचीको पोखराथोकका एक ८४ वर्षीय वृद्धले विद्यालयलाई ११ रोपनी जग्गा तथा बृद्ध भत्ता बापतको रकम दान गरेका छन् । पाणिनि गाउँपालिका २ पोखराथोक रयलेका रविलाल नेपालीले चौरासी पूजाका अवसरमा विद्यालयलाई जग्गा दान गरेका हुन् । उनले चौरासी पूजामा फजुल खर्च नगरी बालबालिकालाई शिक्षाको ज्योति फैलाउने उद्देश्यले विद्यालयलाई जग्गा तथा रकम दान गरेको बताए। पाणिनि गाउँपालिका ३ खिदीममा रहेको ११ रोपनी जग्गा र नगद पाँच हजार रुपैयाँ पाणिनि २ पोखराथोकको रयलेमा रहेको चित्ररम्भा आधारभूत विद्यालयलाई प्रदान गरे । चौरासी पूजामा खर्च नगरी विद्यालयलाई दान दिएको वृद्ध रविलालले बताए ।  विद्यालयमा एक कार्यक्रमका बीच उक्त जग्गाको लालपूर्जा रविलालले वडाध्यक्ष नेत्रप्रसाद भटराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणनिधि गैरेलाई हस्तान्तरण गरेका हुन् । ुएक दलित परिवारको वृद्ध मानिसले मन ठ्लो बनाएर विद्यालयलाई जग्गा दान गरि समाजकै उदाहरणीय काम गर्नु भएको छ। यसबाट हामी सबैले सिक्न जरुरी छ, ुवडाध्यक्ष नेत्रप्रसाद भटराइले भने,्र विद्यालयको विकासमा यो दानले उल्लेखनीय भूमिका खेल्नेछ।  कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष माधव गौतम, समाजसेवी रामचन्द्र गौतम विद्यालयका प्रधानाध्याक रामकुमार छिनाललगायतको उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.