Jilla Ban Notis

ग्रामिण साकोस,दाउन्नेदेवि क्याम्पस र टिका आचार्यद्धारा बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा सहयोग प्रदान ।

0 39

फूलकुमारी ढकाल
बर्दघाट,चैत्र–२७
बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा ग्रामिण साकोस बर्दघाटले ६९ हजार ५ सय १५ रुपैया आर्थिक सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमणवाट बाच्नका लागी गरिएको लकडाउनका कारण बर्दघाट नगरक्षेत्र भित्रका कुनै पनि गरीब ,अतिविपन्न तथा ज्यालामजदुरी गरेर खाने घरपरिवारहरुका लागी राहत वितरणमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त सहयोग गरीएको संस्थाका अध्यक्ष रविन्द्र विक्रम हमालले बताउनु भएको छ । संस्थाका कोषाध्यक्ष सुरज के.सी. सह–सचिव राधा ढकाल र ब्यवस्थापक आनन्द पाण्डे सहितको टोली नगरपालिकामा पुगेर नगर प्रमुख धिरज शर्मा वस्याललाई ६९ हजार ५ सय १५ रुपैयाको चेक हस्तान्त्रण गरेको थियो ।संस्थाकाे सञ्चालक समिति, लेखा सुपरिवेक्षणा समिति, सेवा केन्द्र व्यवस्थापन उप समितबाट एउटा वैठक वापत प्राप्त हुने रकम , कर्मचारीहरूकाे एक दिन बराबरकाे तलब सहयाेग र संस्थाकाे काेषबाट गरि उक्त रकम प्रदान गरिएकाे हाे।

त्यसैगरी बर्दघाटमा रहेको दाउन्नेदेवि बहुमुखी क्याम्पसले पनि बर्दघाट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा ३० हजार रुपैया सहयोग प्रदान गरेको छ । आज नै क्याम्पस सञ्चालक समितिका सदस्य डालाराज पाण्डेय र क्याम्पस प्रमुख नरेश खनालले नगर प्रमुख धिरज शर्मा बस्याललाई ३० हजार बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।
यस्तै
बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा बर्दघाटका समाजसेवि टिकाराम शर्मा आचार्यले पनि ५१ हजार रुपैया सहयोग प्रदान गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.